निर्माणकर्मी सहकारी संस्था लिमिटेडको अध्यक्षमा नारायण वंशी 

१३ आश्विन । भरतपुर / निर्माणकर्मी सहकारी संस्था लिमिटेड भरतपुरको दोस्रो साधारणसभाले नारायण वंशीको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । सर्वसम्मत निर्वाचित नया कार्यसमतिको उपाध्यक्षमा हरि नारायण चौधरी, सचिवमा प्रकाश पौडेल र कोषाध्यक्षमा टेक बहादुर गुरुङ रहनुभएको छ । ९ सदस्यीय कार्यसमितिको सदस्यहरुमा विदेन्द्र कुमार कर्ण, अर्जुन तामाङ, पशुपति चौधरी, विकास तामाङ र भवानी देवी पौडेल रहनुभएको छ ।

साधारणसभाको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि क्यूपेक नेपाल चितवनका जिल्ला अध्यक्ष टेक बहादुर गुरुङले संस्थालाई शसक्त रुपमा अगाडि बढाउन समितिका पदाधिकारीहरुको महत्वपूर्ण योगदान रहने उल्लेख गर्नुभयो ।

सो कार्यक्रममा निवर्तमान उपाध्यक्ष एवम् नवनिर्वाचित अध्यक्ष नारायण वंशीले स्वागत मन्तव्य राख्नुभएको थियो । मन्तव्य व्यक्त गर्दै वंशीले संस्थाको विकास र प्रवद्र्धनका लागी आफु सदैव क्रियाशील रहने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष नारायण प्रसाद न्यौपानेले संस्थालाई यहाँसम्म ल्याउनका लागी आफुलाई सहयोग गरेकोमा सम्पूर्णमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि आफ्नो सक्रियता जारी रहने स्पष्ट पार्नुभयो ।

सो कार्यक्रममा संस्थाका सचिव प्रकाश पौडेलले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष टेक बहादुर गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा क्यूपेक नेपाल युवा संगठन चितवनका जिल्ला अध्यक्ष शिवहरी सुवेदीले समेत मन्तव्य व्यक्त गर्नुभएको थियो । सो कार्यक्रममा लेखा समिति संयोजक राममणि पण्डित, लेखा समिति सदस्य अर्जुन नेपाल, नन्दलाल तामाङ, संस्थाका सदस्हरु, समाजसेवी, शुभचिन्तक, पत्रकार लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रम संस्थाका निवर्तमान अध्यक्ष नारायण प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।