हत्या हिंसा,बलात्कार तथा लागु औषध दुव्र्यसनी नियन्त्रणका लागि चितवनमा बिशेष सचेतना अभियान

चितवन,असोज १२(

महिला तथा बालबालिका माथि हुने हिंसा,बलात्कार तथा लागु औषध दुव्र्यसनी नियन्त्रणका लागि चितवनमा बिशेष सचेतना अभियान शुरु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनको आयोजनामा शुक्रबारदेखि भरतपुर महानगरपालिकामा अभियान थालिएको हो । सचेतना अभियान चितवनका गांउगांउसम्म पु¥याइने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले कुनै पनि किसिमको हत्या हिंसा महानगरालाई सैह्य नहुने बताइन् । उनले देशमा नयाँ व्यवस्था सुरु भएपनि यस्ता घटना घट्दै जानु दुःखद भएको भन्दै सचेतना अभियानमा जुट्ने प्रतिबद्धता जनाइन् ।

यस्तै प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले महिला तथा बालबालिका माथि हुने हिंसालाइ दिर्घकालिन रुपमा अन्त्य गर्न शैक्षिक पाठ्यक्रममा नैतिक र नागरिक शिक्षालाई प्राथमिकता दिनुपर्ने वताए भरतपुर महानगरपालिकाले महिला हिंसा न्युनिकरणका सचेतना कार्यक्रमलाई निरन्तरता दिन नसकेको भन्दै उनले खारेज भएको महिला तथा बालबालिका कार्यालयका कर्मचारीलाई यस्ता अभियानमा सक्रिय बनाउन आग्रह गरे ।

महिला तथा बालबालिका विरुद्ध हुने हिंसा तथा लागु औषध नियन्त्रण र सामुदायिक सुरक्षालाइ प्रभावकारी बनाउन स्थानिय तहका वडा अध्यक्षले समन्वयत्मक भुमिका खेल्नुपर्ने चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक शुसिल सिंह राठौरले वताए । प्रहरी एक्लैले यस अभियान सफल पार्न नसक्ने भन्दै उनले स्थानिय तह, राजनितिक दल, सामाजिक संघसस्थाहरुले सहयोग गर्नुपर्ने वताए । सामुदायिक सेवा केन्द्र नारायणगढकी अध्यक्ष एवं सामाजिक अभियान्ता मिना खरेलले विकास र समृद्धिका लागि सामाजिक सुरक्षा अपरिहार्य रहेको वताइन् । महिला आफ्नै घरभित्र र कार्यक्षेत्रमा पनि असुरक्षित हुंदै गएको भन्दै उनले विपन्न सुमदायमा सचेतनाका कार्यक्रमलाइ प्राथमिकता दिनुपर्ने वताइन् । चितवनमा पछिल्लो समय महिला हिंसाका घटनाहरु बढ्दै गएका छन् ।