पन्तको हत्यारालाई कार्वाहीको माग राख्दै चितवनमा महिलाको र्‍याली ।

चितवन ,९ असोज । कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको हत्यारालाई कारवाही र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राख्दै चितवनको इच्छाकामना गाउँपालिकाका महिलाहरु सोमबार सडकमा उत्रिएका छन् । सृर्जनशील महिला जागरण केन्द्र इच्छाकामना ( ५ मुग्लिङ्गको नेतृत्वमा बलात्कारी र हत्यारालाई कारबाही गर , पीडितलाई क्षतिपूर्ति दे, बलात्कारी लाइ संरक्षण गर्न पाइदैन जस्ता नारा लगाउदै भन्दै सरकारलाई दबाबस्वरुप र्‍याली निकालिएको केन्द्रका अध्यक्ष सावित्री पुडासैनीले बताउनुभयो । दिउँसोको ४ बजे मुग्लिनको पेट्रोल पम्प चोकबाट सुरु गरिएको र्‍याली मुग्लिन बजार परिक्रममा गरिएको थियो । र्‍यालीमा महिलाहरुले हत्यारालाई कारर्वाही गर, चेलीको इज्जत लुट्न पाईदैन, प्रमाण नष्ट गर्न पाईदैन, बलात्कारीलाई फाँसी दे, नालायक प्रशासन मुर्दावाद जस्ता नारा लगाएका थिए ।