Breaking News

नेकपाद्धारा महोत्सव बहिष्कार

 

इच्छाकामना । असोज ६

इच्छाकामना गाउँपालिका ४ कुरिनटारमा भएको इच्छाकामना महोत्सवको समापन समारोह नेकपाले बहिष्कार गरेको छ ।

महोत्सवको समापन कार्यक्रमको प्रमुख अतिथिको विषयलाई लिएर नेकपाले कार्यक्रम बहिष्कार गरेको पाइएको छ । नेकपा नेता एवम् यसै क्षेत्रका प्रतिनिधिसभा सांसद कृष्णभक्त पोखरेललाई प्रमुख अतिथि बनाउने भनिए पनि पछि नेपाली काँग्रेसका समानुपातिक तर्फका प्रदेशसभा सांसद मिलनबाबु श्रेष्ठलाई प्रमुख अतिथि बनाए पछि नेकपाले कार्यक्रम बहिष्कार गरेको जनाएको छ । महोत्सवको उद्घाटन भदौ २६ गते भएको थियो ।

sahid diwas