क्रान्तिकारी पत्रकार संगठनद्वारा प्रेस स्वतन्त्रताविरोधी प्रावधान खारेज गर्न माग


काठमाडौं , ३ असोज । क्रान्तिकारी पत्रकार संगठन नेपालको केन्द्रीय बैठक सम्पन्न भएको छ । गएको बैशाख १५–१७ मा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनपछि यताको यो पहिलो बैठक हो । असोज २ गते दाङमा सम्पन्न सो बैठकले संगठानिक र पेशागत समसायिमक विषयबारे पाँच बुँदे महत्वपूर्ण निर्णय लिइएको संगठनका अध्यक्ष प्रकाश डुम्रेले जानकारी दिएका छन् । साथै आगामी कार्यक्रमबारे पनि नीति र योजनाका कार्यक्रम ठोस गरिएको बताए ।
बैठकले सरकारले भदौ १ बाट लागू गरेको ‘मुलुकी देवानी तथा फौजदारी ९संहिता० ऐन २०५४’मा राखिएका पूर्ण प्रेस स्वतन्त्रताको विरुद्धका प्रावधानहरु तत्काल खारेज गर्न र पूर्ण प्रेस स्वतन्त्रतामैत्री बनाउन जोडदार माग गरेको छ । स्वतन्त्र प्रेसविरोधी कानूनको आधारमा पत्रकारमाथि धरपकड, मुद्दा लगाउने कार्य बन्द गरेर निर्वाध रुपमा समाचारा संकलन तथा सम्प्रेषण गर्ने वातावरण निर्माण गर्न समेत बैठकले सरकारसँग माग गरेको छ ।
त्यस्तै पत्रकारको न्यूनतम पारिश्रमिक तत्काल कार्यान्वयनका लागि दबाब सम्बन्धित पक्षलाई दबाब दिने, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र श्रमजीवि पत्रकारका हकहितमा चलाइने सबैखाले आन्दोलनमा संगठनको ऐक्यबद्धता र सहकार्य रहनेनिर्णय लिइएको अध्यक्ष डुम्रे र महासचिव हिम विष्टद्वारा बुधबार जारी संयुक्त हस्ताक्षरित प्रेस विज्ञप्तिमा जनाइएको छ ।
सोही बैठकबाट संगठनको विधि, पद्दति, प्रक्रिया मिचेर गम्भीर अनुशासन उल्लंंघन गरेर संगठनविरोधी हर्कत गरेको ठहर संगठनका केन्द्रीय सदस्य रहेका जन्मदेव जैसी, कमल बुढा, बाबुराम भुसाल र सुदीप बर्देवालाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिएको छ ।
यसअघि पार्टीको सूचना चुहाएर गम्भीर घात गरेको, पार्टी नेतृत्वबारे सामाजिक सञ्जाल र मिडियामा भ्रामक समाचार वितरण गरेको तथा जिम्मेवारी साथीहरुमाथि हातपात गरेको ठहर भन्दै उनीहरु आवद्ध नेपाल कम्युनिस्ट पार्टीको मध्य केन्द्रीय कमाण्डले साधारण सदस्यबाटै निष्कासन गरेको कमाण्ड ईन्चार्ज सुदर्शनले एक प्रेस विज्ञप्तिमार्फत जानकारी दिइसकेका छन् । क्रान्तिकारी पत्रकारा संगठन नेपाल कम्युनिस्ट पार्टीको जनवर्गीय संगठन हो ।
संगठनकै केही जिम्मेवार साथीहरुले संगठन र नेतृत्वविरुद्ध भ्रामक प्रचार गर्ने, संगठनको हितविपरीत गतिविधि गर्ने तथा संगठनको निर्णय नमान्ने, एवं अनलाईन सञ्चार माध्यम, समाजिक सञ्जाल ९फेसबुक, ट्वीटरलगायत०मार्फत हर्कत जारी राखेकोप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको र त्यस्ता गतिविधि तत्काल रोक्न आग्रह निर्देशन दिइएको जारी विज्ञप्तिमा उल्लेख छ । साथै विज्ञप्तिमा अनधिकृत केही व्यक्तिहरुले संगठनको लेटर प्याड, छाप र संंगठनका केन्द्रीय सदस्यहरुको नाम समेत दुरुपयोग गर्दै हस्तक्षर नभएका नक्कली विज्ञप्ति निकाल्ने र संगठनको नेतृत्व विरुद्ध अनावश्यक भ्रम फैलाउने कार्यबाट संगठनलाई गम्भीर तुल्याएको उल्लेख गर्दै त्यस्ता नक्कली र गलत प्रचारको भ्रममा नपर्न देशभरका संगठनका सबै साथीहरु एवं आम सञ्चारकर्मीलाई विशेष आग्रह गरिएको छ ।