पुँजीवादका खराबीहरू

पुँजीवादले आफ्नो हिंश्रक र अमानवीय सार–चरित्रमाथि ‘लोकतन्त्र, प्रजातन्त्र’ र ‘मानवधिकार’ को रङ्गीन खोल ओढाएर आफूलाई सिँगार्न र श्रेष्ठ देखाउन खुब प्रयत्नहरू गरिरहेको छ । पूर्व–सोभियत सङ्घको विघटनपछि अजिङ्गरजस्तो बनेको पुँजीवादले उसको असफलता र पतनबारे टिप्पणी स्वीकार गर्ने त कुरै छोडौँ, सुन्न पनि सक्दैन । यी तर्कलाई उसले सीधै कम्युनिस्टको असहिष्णुता र पूर्वाग्रह मात्र भन्ने गर्ला, परन्तु पुँजीवादभित्र यस्ता खराब विशेषताहरू अन्तर्निहित छन् जसका कारण पुँजीवादलाई जति नै असल वा सही देखाउन खोजे पनि आमनागरिकको आँखामा सफल र स्वीकार्य हुन सम्भव बन्दैन । पुँजीवादले आफ्नो सफलताको अनेकौँ रूप प्रदर्शन गर्न खोज्छ तर झन् ठूला असफलता र सङ्कटहरूको सामना गर्नुपर्ने हुन्छ र आज त्यो भइरहेको छ । यो सत्य हो– पुँजीवाद कुनै समय प्रगतिशील व्यवस्था थियो, जसबारे कम्युनिस्ट घोषणापत्रमा माक्र्स–एङ्गेल्सले लेख्नुभयो, ‘पुँजीपतिवर्गले ऐतिहासिक रूपले निकै क्रान्तिकारी भूमिका निर्वाह गरेको छ । जहाँजहाँ पुँजीपतिवर्गले शक्ति प्राप्त गरेको छ त्यहाँत्यहाँ यसले सारा सामन्ती, पितृसत्तात्मक र भावनात्मक सम्बन्धहरूलाई ध्वस्त पारेको छ ।’
९कम्युनिस्ट घोषणापत्र, पृ। २८० ।

यो सन् १५६० तिरबाट सामन्तवादसँग सङ्घर्ष सुरु गरेदेखि सन् १७६० को औद्योगिक क्रान्तिसम्म अमानवीय सामन्ती व्यवस्थाविरुद्ध विद्रोह, प्रगति र क्रान्तिको प्रतीक बनेर उदायो । त्यतिबेलाका सर्वशक्तिमान् एवम् विश्वविजयको दम्भ पालेर बसेका सम्राट् र सामन्तहरूलाई आश्चर्यजनक ढङ्गले धुलोमा मिलाउँदै सत्तासीन हुन पुग्यो तर जब पुँजीवाद सत्तासीन हुन पुग्यो अति–उत्पादनको बजारमा मुनाफा सोहोर्न थाल्यो, श्रमिकवर्गको उत्पादनलाई आफ्नो थैलीमा भर्न थाल्यो र फाइदाका लागि लुट्नुपर्ने भयो तब पुँजीवादले आफ्नो प्रगतिशील चरित्र गुमाउँदै श्रमिकवर्गमाथि शोषण, उत्पीडन र दमनलाई असीमित प्रकारले लाद्न पुग्यो र एक प्रतिक्रियावादी एवम् खराब व्यवस्थामा पतन हुन पुग्यो । सामन्तवादलाई मिल्काउँदा जिउज्यान दिएर साथ दिने श्रमिकवर्ग ९मजदुर, किसान, बुद्धिजीवी० लाई निष्ठुरी प्रकारले लुटमार गर्दै उसले आफूलाई दास मालिक र सामन्ती वर्गकै गुणमा परिणत गर्न पुग्यो । तत्पश्चात् पुँजीवाद र श्रमिकवर्गका बीचमा नयाँ अन्तरविरोध पैदा भयो । श्रमिकवर्ग पुँजीपतिवर्ग र उसको सत्ताविरुद्ध अन्तिम विद्रोहका लागि अगाडि आयो ।

पुँजीवाद खराब व्यवस्थामा बदलिएपछि सर्वहारावर्गले १७० वर्षदेखि सङ्घर्ष गरिरहेको छ । पुँजीवादी केन्द्र युरोपबाट सुरु भएको सङ्घर्ष आज आउँदा विश्वभरि फैलिएको छ । एकातिर पुँजीवादी विश्व खडा छ भने अर्कोतिर पुँजीवादका विरुद्ध वैज्ञानिक समाजवादी आन्दोलन चलिरहेको छ । पुँजीवादले आफ्नो शासन सत्ताबारे अनेकौँ प्रचार गरे पनि पुँजीवाद मानव–दुनियाँमा शोषणकारी र उत्पीडनकारी खराब व्यवस्था हो भन्नेमा समाजवादीहरू मात्र होइन, स्वयम् पुँजीवादका समर्थकहरू पनि सहमत छन् । पुँजीवाद कसरी खराब व्यवस्था हो भन्ने बुझ्नका लागि यसका वैचारिक, राजनीतिक, आर्थिक, सांस्कृतिक खराबीहरूलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ स्
१। वैचारिक खराबीहरू
२। राजनीतिक खराबीहरू
३। आर्थिक खराबीहरू
४। सामाजिक खराबीहरू
५। सांस्कृतिक खराबीहरू
१। वैचारिक खराबीहरू
पुँजीवाद वैचारिक रूपले खराब एवम् गलत दृष्टिकोण बोकेको व्यवस्था हो । प्रकृति, समाज र राज्यलाई बुझ्नेमा यसको दृष्टिकोण आदर्शवादी ९अध्यात्मवादी० र अधिभूतवादी रहेको छ जुन दृष्टिकोण विशिष्ट विशेषतासहित विकासमान मानव मात्रका लागि पूराका पूरा अवैज्ञानिक र खराब रहेको छ जसका बारेमा निम्नानुसार उल्लेख गर्न सकिन्छ स्
९क० अध्यात्मवादी दृष्टिकोण
९ख० अधिभूतवादी दृष्टिकोण
९क० अध्यात्मवादी दृष्टिकोण
अध्यात्मवादी दृष्टिकोण पुँजीवादको पहिलो वैचारिक खराबी हो । पुँजीवादले यो विश्व ब्रह्मान्ड, प्रकृति, समाज र राज्यलाई अध्यात्मवादी ९परम् चेतनाको० दृष्टिकोणअनुरूप व्याख्या गर्छ र बुझ्न लगाउँछ । यी सबै वस्तुहरू कुनै बेला ईश्वर, भगवान्, प्रभुले निर्माण गरेका हुन्, आज पनि परम् शक्तिकै इच्छा र बलमा चल्छन् भन्नेजस्तो अवैज्ञानिक दृष्टिकोण सिकाउँछ जब कि अठाह्रौँ र उन्नाईसौँ शताब्दीमा पुँजीवादले सामन्तवाद, सम्राट् र राजाहरूसँग विद्रोह गर्दा उनीहरूले धर्मको आडमा निरङ्कुश शासन चलाएको आरोप लगाउँदै अध्यात्म र धर्मलाई राज्यबाट अलग गरेको थियो । आज राज्य सञ्चालनको व्यावहारिक जीवनमा पुँजीवादले विज्ञानको बलमा रजाइँ चलाएको छ तर अरूलाई राज्यको सन्दर्भमा अध्यात्मवादी दृष्टिकोण लाद्ने काम गरिरहेको छ । अध्यात्मवाद वा ईश्वर, भगवान्, प्रभु भनेका कल्पना मात्र हुन् भन्ने कुरा हरेक भौतिक वैज्ञानिकले विश्वास गर्छन् जसले स्वयम् पुँजीवादलाई भौतिक विकासको अत्याधुनिक अवस्थामा पु¥याएका छन् तर पुँजीवाद र पुँजीवादका सञ्चालकहरूले जानाजान विज्ञानलाई अवज्ञा गर्दै अध्यात्मवादलाई प्रोत्साहन गरिरहेका छन् । उनीहरूको यो दृष्टिकोणले पुँजीवादी राज्यलाई कायम राख्न र राज्य सञ्चालक शासकवर्गलाई सत्तामा टिकिरहन मात्र सघाउ पु¥याएको छ । अध्यात्मवादी दृष्टिकोणले यो संसारमा जुन सत्ता चलेको छ, यो अनन्त छ र जो सत्तामा छन् ती सत्ता चलाउनकै लागि आएका हुन् । साथै जो शोषित र उत्पीडित छन् ती यसकै लागि आएका हुन्, यसलाई बलजफ्ती फेर्न सकिँदैन भन्ने बुझाउँछ । विज्ञान मुख्य हो भन्ने जान्दाजान्दै आफ्नो उत्पीडनकारी शासन लाद्नका लागि अध्यात्मवादी दृष्टिकोण थोपर्नु भनेको पुँजीवादको वैचारिक खराबी हो ।

९ख० अधिभूतवादी दृष्टिकोण

पुँजीवादको अर्को वैचारिक खराबी मान्छेहरूमा अधिभूतवादी दृष्टिकोण फैलाउनु हो । अधिभूतवादी दृष्टिकोण भनेको प्रकृति, समाज, राज्य, राजनीति सबै वस्तुलाई जड, अगति, यथास्थिति, निरन्तरतामा हेर्ने ९क्रमभङ्गतामा नबुझ्ने० र बुझ्ने दृष्टिकोण हो । यसले मान्छेलाई एकपाटे, एकलकाँटे, मनोगत र जड बनाइदिन्छ । यो दृष्टिकोणअनुसार समाज र राज्यव्यवस्थालाई पुँजीवादी रचना र सञ्चालनबाट बदल्न सकिँदैन, यही व्यवस्थामा जति सकिन्छ सुधार र थपघट गर्दै यसैमा रहनुपर्छ । अधिभूतवादी दृष्टिकोण अपनाउनुको कारण नै पुँजीवादलाई रक्षा गर्नु र जीवन दिनु हो । विज्ञानले सम्पूर्ण तथ्यका आधारमा ब्रह्माण्डका सबै वस्तु गतिशील, विकासशील र परिवर्तनशील छन् भनेर प्रमाणित गरेको छ । यो तथ्य पुँजीवादीहरूलाई पनि थाहा छ तर पुँजीवादीहरूले केही जानाजान र केही भ्रमवस राजनीतिक परिवर्तन पुँजीवादसम्म मात्र हो, अगाडि परिवर्तन सम्भव छैन भन्ने बनाउन खोज्छन् । यो विज्ञानविरोधी दृष्टिकोण हो । यसलाई नै वैचारिक रूपले अधिभूतवादी दृष्टिकोण भनिएको हो ।

२। राजनीतिक खराबीहरू

पुँजीवादभित्र राजनीतिक विचार र संरचनाका दृष्टिले पनि धेरै खराबी रहेका छन् । राजनीति जनताको सामाजिक, आर्थिक, सांस्कृतिक संरचना निर्माण, सञ्चालन र विकास गर्ने मूल नीति हो । राजनीतिले समाज, जनता, राज्यका बारेमा कसरी सोच्छ, ती क्षेत्रहरू त्यसरी नै अगाडि बढ्छन् । पुँजीवादले आजसम्म श्रमिकवर्ग र आमजनताका पक्षमा जनवादी र वैज्ञानिक तरिकाले राज्य सञ्चालन गरेको छैनस जसले गर्दा पुँजीवादभित्र जनताको जीवन जहिले पनि शोषित, दमित र उत्पीडित हुने गरेको छ । पुँजीवादले जनतामा लादेका राजनीतिक खराबीहरू निम्न रहेका छन् स्
९क० अधिनायकवादी
९ख० उत्पीडनकारी
९ग० फासिवादी
९घ० युद्धवादी
९ङ० अतिक्रमणकारी
९च० धर्मवादी
९छ० जातिवादी
९क० अधिनायकवादी
पुँजीवादी व्यवस्था अधिनायकवादी रहेको छ । राज्यसत्ताको विशेषताअनुरूप नै पुँजीवादले पुँजीपतिवर्गका पक्षमा श्रमिकवर्गमाथि अधिनायकत्व लादिरहेको छ । अधिकतम श्रमिकवर्गमाथि मुट्ठीभर पुँजीपतिवर्गको अधिनायकत्व लादेकाले यसको अधिनायकत्व तानाशाही र निरङ्कुश विशेषताको छ । यसले तर्कमा लोकतन्त्र, प्रजातन्त्र र स्वतन्त्रताको वकालत गर्दछ । राज्यभित्र नागरिकहरूले आफूलाई लागेको बोल्न, लेख्न, सभा गर्न, विरोध गर्न पाइन्छ भन्छ । परन्तु यी सबै स्वतन्त्रता उसको राजनीतिक व्यवस्थालाई सघाउँदासम्म वा ठूलो असर नपार्दासम्म मात्र स्वीकार गर्छ । जब जनता पुँजीवादले गरेको उत्पीडन, अत्याचार, दमन र शोषणका विरुद्ध उत्रिन्छन् तब उसको स्वतन्त्रता र प्रजातन्त्र डन्डा, जेल, दमन र बन्दुकमा बदलिन्छ । प्रतिक्रियावादी अधिनायकत्वमा परिणत हुन्छ । उसको इच्छाअनुसार जनतालार्ई कीरा मारेजस्तो सजिलै नरसंहार गर्छ । आजसम्म पुँजीवादी दमनकै कारण करोडौँ नागरिकको ज्यान गइसकेको छ । विश्वमा दैनिक सयौँ र हजारौँ नागरिकको ज्यान गइरहेको छ, त्यो केबल पुँजीवादी स्वार्थकेन्द्रित युद्धकै कारणले गइरहेको छ । पुँजीवादको यो प्रतिक्रियावादी अधिनायकवादी चरित्र हो ।

९ख० उत्पीडनकारी

पुँजीवाद उत्पीडनकारी व्यवस्था हो । जनतामाथि विशेषतः श्रमिक जनतामाथि उत्पीडन गर्नु पुँजीवादको राजनीतिक खराबी हो । उत्पीडनकारी हुनु भनेको सही र गलत, न्याय र अन्याय, ठीक र बेठीकभन्दा पनि शक्ति र सत्ताको बलमा नागरिकमाथि हैकम लाद्नु हो । जुन व्यक्ति, वर्ग वा संस्था सत्ता र शक्तिमा छ, उसैको स्वार्थ र हितअनुरूप जनतालाई शासन गर्नु हो । पुँजीवादले लामो समयदेखि विश्वका अधिकांश देशहरूमा यो उत्पीडन गर्दै आएको छ । पुँजीवाद भएको देशमा मुठीभर मान्छेहरू अकूत सम्पत्तिका मालिक छन् र राज्यसत्ता सञ्चालनका मालिकहरू छन् । उनीहरूले कहिले चुनावको हावा बगाउँछन्, कहिले प्रजातन्त्र र लोकतन्त्रको बाढी बगाउँछन्, कहिले समावेशी र समानुपातिकको हल्ला पनि फैलाउँछन् तर राज्य र राजनीतिक नेतृत्वमा उत्पीडक पुँजीपतिवर्गको नेतृत्व र अधिनायकत्वलाई कहिल्यै पनि गुमाउँदैनन् । कुनै कारणले सत्ताको नेतृत्व आफ्नो वर्गको हातबाट गुम्न थाल्यो भने जुनसुकै दमन र नरसंहार गर्न पनि अगाडि आइपुग्छन् । देशमा जहिले पनि बहुसङ्ख्यक नागरिक अभाव, गरिबी र गएगुज्रेको जीवन बाँच्न बाध्य छन् । श्रमिकलाई मालिकहरूका लागि काम गर्नकै लागि जन्मेको ठान्नु र गोरु जोतेजसरी जोतेर आफ्नो झोला भर्नु यसको विशेषता हो । उत्पीडक पुँजीवादले लोककल्याणकारी र उदार व्यवस्थाको प्रचार गर्नु केवल जनतालाई मूर्ख बनाउने पाखण्ड मात्र हो ।

९ग० फासिवादी

फासिवाद भनेको पुँजीपतिवर्ग स्वार्थका लागि जनतामाथि जुनसुकै खालको दमन गर्न तयार हुने प्रवृत्ति हो । पुँजीवादी व्यवस्थाको यो एउटा राजनीतिक विचारको खराबी हो । यसले पुँजीवादी सत्ताको बलमा पुँजीवादीवर्गको स्वार्थअनुरूप राजनीतिक, आर्थिक, सैनिक क्षेत्रका कानुन र नीतिनियमहरू निर्माण गर्छ । सत्तासीन–वर्गलाई आवश्यक पर्ने सबै निर्णयहरू लिन्छ । नागरिकहरूले विरोध गरे भने जनतामाथि निर्ममतापूर्वक सम्पूर्ण रूपले दमन गर्छ । यसको प्रयोग मुख्य रूपले दोस्रो विश्वयुद्धको समयमा इटालीका शासक मुसोलिनीले गरेका थिए । पछि हिटलरले पनि फासिवादलाई कठोरतापूर्वक लागू गरे । कैयौँ मान्छेले फासिवादलाई हिटलर वा मुसोलोनीसँग मात्र जोडेर व्याख्या गर्ने गर्छन् जब कि सत्य त्यो होइन । पुँजीवादी राज्यसत्ता जहाँको होस्, त्यो अन्ततः दमनकारी र फासिवादी चरित्रको नै हुन्छ । हामीले आजको पुँजीवादलाई विश्वव्यापी रूपमा हे¥यौँ भने सजिलै देख्न सकिन्छ– पुँजीवादी सत्ता विश्वव्यापी रूपमा फासिवादीकरण हँुदै गएको छ । विश्वभरि अधिकारको माग गर्ने र मुक्ति खोज्ने जनता र राष्ट्रहरूमाथि अकथनीय रूपले जङ्गली दमन चलाइरहेको छ । पुँजीवादी राजनीति र सत्ताको हमलामा परेर निर्दोष बालबालिकादेखि जनताको ज्यान गइरहेको छ ।

९घ० युद्धवादी

पुँजीवादी व्यवस्था युद्धवादी हुन्छ र छ । राजनीतिक रूपले यो पनि पुँजीवादको गलत र खराब चरित्र हो । युद्धवाद भनेको सबै विषयहरू चाहे न्यायपूर्ण होऊन् वा अन्यायपूर्णस सबैलाई युद्धद्वारा हल गर्न खोज्ने प्रवृत्ति हो । यो फासिवादकै एउटा रूप हो । कसैले आफूले भनेको मानेन, आफ्नो स्वार्थअनुसार चलेन, आफूलाई घाटा हुने भो वा नाफा हुन्छ भन्ने लाग्यो भने निहँु खोजीखोजी युद्ध सञ्चालन गर्नु युद्धवाद हो । आज पुँजीवादी व्यवस्था बराबर युद्धवादी भएको छ । संसारमा जति पनि युद्धहरू भइरहेका छन् र जनताले युद्धको मार भोग्नुपरिरहेको छस ती सबै पुँजीवादी तत्वहरूको नाफा–घाटा र आर्थिक स्वार्थकै कारणले भइरहेका छन् । यसो त इतिहासले देखाउँछ विगतमा जति पनि विध्वंसात्मक युद्धहरू भए ९चाहे युरोपियन युद्ध होस्, चाहे पहिलो विश्वयुद्ध र दोस्रो विश्वयुद्ध नै हुन्० सबै पुँजीवादीहरूकै कारणले भएका थिए । आज पनि यही कुरा सत्य छ तर अनौठो पक्ष के छ भने युद्ध लादिरहेका शक्तिले नै सबैभन्दा बढी शान्तिवादको खोल ओढ्न खोजिरहेका छन् । जनताले भने पुँजीवादी व्यवस्थाको युद्धवादलाई बुझ्दै गएका छन् ।

९ङ० अतिक्रमणवादी

पुँजीवादी व्यवस्था अतिक्रमणकारी हुन्छ । अतिक्रमणवाद भनेको राजनीतिक, आर्थिक, भौगोलिक, सांस्कृतिक रूपले आफूभन्दा कमजोर देश, क्षेत्र र स्थानलाई नियन्त्रण, हमला र कब्जा गर्ने प्रवृत्ति हो । सामन्तवाद, पुँजीवादमा यो प्रवृत्ति हाबी हुन्छ । यही प्रवृत्तिका कारण विश्वमा अशान्ति र अराजकता फैलिँदै आएको छ । आज भइरहेका युद्ध र विध्वंसहरू पनि पुँजीवादको अतिक्रमणकारी चरित्रकै कारणले भइरहेका छन् । अमेरिकाले विश्वभरि अतिक्रमण गरिरहेको छ । रुसले पनि विश्वमा प्रभाव फैलाउँदैछ । भारतले दक्षिणएसियामा अतिक्रमण गरिरहेको छ । ब्रिटेन, जर्मनी, फ्रान्सले पनि आफ्नो वरिपरि प्रभाव विस्तार गरिरहेका छन् । पुँजीवादले मुखले स्वाधीनता र सार्वभौमिकतालाई उचालिरहन्छ तर उसले व्यवहारमा कहिल्यै त्यसको पालना गर्दैन । हरदम अतिक्रमण गर्दछ ।

९च० धर्मवादी

पुँजीवादी व्यवस्था धर्मवादी भएको छ । वैचारिक रूपले धर्मवादलाई प्रयोग गर्नु पुँजीवादको राजनीतिक विशेषता बनेको छ जो उसको राजनीतिक खराबी हो । धर्मवाद भनेको समाज, वर्ग, राज्य, जाति, संस्कृतिलाई ईश्वर, भगवान् , प्रभु, अल्लाहको रचना र सिर्जना मान्ने दृष्टिकोण हो । धर्मबारे एङ्गेल्सले भन्नुभएको छ, ‘धर्म मानिसको दिनचर्यालाई नियन्त्रण गर्ने बाह्य शक्तिहरूको मानवीय मस्तिष्कभित्र पर्ने अत्यन्त लहडी प्रतिबिम्बशिवाय केही होइन ।’
९माक्र्सवादी–लेनिनवादी दर्शनशास्त्र, पृ। १७८० ।

धर्मवादको मुख्य पक्षपोषक सामन्तवादी सत्ता, पण्डित–पुरोहित, राजारजौटा र सामन्तहरू हुन् । यो दृष्टिकोणअनुसार जस्तो सत्ता छ, जो सत्तामा मालिक छ, जो गरिब र श्रमिक छन्, जसले मोजमस्ती पाएका छन्स यी सबै ईश्वर–भगवान्का सिर्जना हुन् । यी सबैलाई यसरी नै चल्न दिनुपर्छ । यसलाई बदल्न खोज्नु भनेको भगवान्, प्रभु, अल्लाहका विरुद्ध जानु हो । सुरुमा पुँजीवादले सामन्तवादविरुद्ध विद्रोह गर्दा धर्मबाट राज्यलार्ई अलग गरेको थियो तर आज जब वैज्ञानिक समाजवादले पुँजीवादलाई परास्त गर्न थाल्यो तब पुँजीवादले आफूलाई पछि फर्काउँदै धार्मिक दृष्टिकोणसँग मिलाउन पुग्यो । कतिसम्म भने सामन्तीकाललार्ई उछिन्दै धर्म प्रचार र रक्षाका लागि खर्बौं रकम राज्यले उपलब्ध गराइरहेको छ । डलरको बलमा सर्वसाधारण नागरिकलार्ई धर्म स्वीकार्न र परिवर्तन गर्न लगाइरहेको छ । योजनाबद्ध रूपले श्रमिक जनतालाई वर्गसङ्घर्षबाट अलग गर्न क्रिस्चियन र मुस्लिम, मुस्लिम र हिन्दु, हिन्दु र बौद्ध धर्मका सङ्घर्षहरू सिर्जना गर्ने कार्य भइरहेको छ । मान्छेहरूलाई काल्पनिक बिम्बका लागि बलिदान गर्न लगाइँदैछ । जो मानव दुनियाँँका लागि निकै दुःखदायी रहेको छ ।

९छ० जातिवादी

पुँजीवाद जातिवादी बनेको छ । जातिवाद भनेको रङ, चेहरा, नश्ल, जातिका आधारमा मानवजातिलाई विभाजित र विभेद गर्ने दृष्टिकोण हो । कुनै अमूक जातिलाई उच्च र अर्कोलाई निच, एउटालाई श्रेष्ठ र अर्कोलाई तुच्छ, एउटा अब्बल र अर्कोलाई कमसल, एउटालाई शासक र अर्कोलाई शासित बनाउने विचार हो । यो प्रवृत्ति दासयुगमा श्रम विभाजनबाट सुरु भई सामन्तवाद हुँदै आजसम्म कायम छ । वैज्ञानिक कारणबाट हेर्दा कुनै पनि जाति आफैँमा राम्रो र नराम्रो, श्रेष्ठ र तुच्छ, शासक र शासित हुँदैन र हुन सक्दैन । यो सबै मानवजाति वर्ग–विभाजित समाजमा प्रवेश गरेपछि मात्र पैदा भएको हो । सुरुमा पुँजीवादले जातिवादलाई पार गरेको थियो । आज पनि पुँजीवाद साम्राज्यवाद हुँदै उत्तरसाम्राज्यकालमा प्रवेश गरेपछि आपूm निकै अन्तर्राष्ट्रिय बन्न पुगेको छ तर जब श्रमिकवर्गको एकता र शक्ति बलियो भएर आयोस पुँजीवादले पराजय बेहोर्नुप¥यो तब उसले योजनाबद्ध रूपले जातिवादलाई फैलाउन थाल्यो, आज त्यसलाई अतिमा पु¥याइरहेको छ । जनतालाई फुटाउन र कमजोर बनाउन उसले जातिवादलाई रोप्ने, हुर्काउने गरिरहेको छ । कतिसम्म भने एक जातिका विरुद्ध अर्को जातिलार्ई उचाल्ने, जातिभित्र जाति र त्योभित्र पनि गोत्र र वंशमा विभाजित गरिहेको छ । त्यही जातीय विभाजनलाई जातीय द्वन्द्वमा बदल्ने कार्य गरिरहेको छ । उसले नै एउटा जातिका विरुद्ध अर्को जातिलाई हतियार र आर्थिक उपलब्ध गराइरहेको छ । जाति र क्षेत्रलाई उचालेर देशहरू टुक्र्याइदिने र देशहरूलाई खाइदिने गरिरहेको छ । आज विश्वमा चलिरहेका जातीय द्वन्द्वमा पुँजीवादको नै प्रत्यक्ष हात रहेको छ जो मानवजाति र सभ्यताका लागि विध्वंसक छ । ईरातोखबरबाट
९क्रमशः अर्को अङ्कमा०