चार्डपर्वलाइ लक्षित गर्दै चितवनमा अनुगमन तीब्र ।

चितवन , २६ भाद्र । वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज शाखाले तीज पर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्रता दिएको छ । चाडपर्वको बेला उपभोक्ताहरु ठगिन सक्ने भएकाले अनुगमनलाई प्राथमिकतामा राखिएको निमित्त कार्यालय प्रमुख ओमनारायण शर्माले बताए । अनुगमनका क्रममा उपोभोक्ता ठग्ने चार वटा मिलका पार्टस् तथा चार वटा कपडा पसलबाट बिल नियन्त्रणमा लिएको छ । बिक्रेताले उपभोक्ताहरुलाई ठगी गरेका छन् कि छैनन् भन्ने अनुसन्धानका लागि व्यवसायीहरुको खरिद बिल र बिक्री बिल नियन्त्रणमा लिएको शर्माले बताए । बिलको अध्ययन पश्चात व्यवसायीहरुले ठगी गरेको भेटिए कारबाही गर्ने शर्माको भनाइ छ । वीरगञ्जमा रहेको कार्यालयले प्रदेश नम्बर २ का ८ जिल्ला र प्रदेश नम्बर ३ को चितवन र मकवानपुर हेर्दै आएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जको नेतृत्वमा भएको अनुगमनमा उपभोक्ता अधिकार संरक्ष मञ्च चितवनका कार्यवहाक अध्यक्ष विष्णु भुषाल तथा सञ्चारकर्मी हरुको सहभागिता थियो ।