समाचार लेखेकै आधारमा पत्रकार बस्नेतलाई हत्कडी

काठमाडौं , २५ भदौ । समाचार लेखेकै आधारमा पत्रकार राजु बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । खोजतलास साप्ताहिक पत्रिकाका प्रधानसम्पादक बस्नेतलाई प्रहरीले आज पक्राउ गरेको हो ।

समाचार लेखेकै आधारमा प्रधानसम्पादक बस्नेतलाई प्रहरीले हत्कडी लगाएको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरले सुशील खनालको जाहेरीको आधारमा पक्राउ गर्ने आदेश दिएको हो ।

बस्नेतलाई पक्राउ गरी अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट भदौ २४ गते पक्राउ पूर्जी आदेश जारी भएको भन्दै पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उहाँलाई आजै म्याद थप गर्नका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ