फरार अभियुक्त पक्राउ

चितवन, भदौं १२ । जिल्ला प्रहरी कार्यालय चितवनले फरार भएका एक अभियुक्तलाई सोमबार नारायणगढको पोखरा बसपार्कबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा लागूऔषध मुद्दामा दुई वर्ष कैद एक लाख जरिवाना तोकिएका भरतपुर महानगरपालिका–१ बस्ने वर्ष ३३ को राजकुमार श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । श्रेष्ठको साथबाट चार वर्षअघि प्रहरीले प्रतिबन्धित लागूऔषध डाइजेपाम १९ एम्पुल, व्युप्रिनर्फिन १९ एम्पुल र फेनारगन १९ एम्पुलसहित पक्राउ गरेको थियो । चितवन जिल्ला अदालतबाट एक लाख २५ हजार धरौटीमा छुटेका श्रेष्ठलाई उच्च अदालत पाटन हेटौडाले २ वर्ष कैद र एक लाख जरिवानाको फैसला सुनाइएको थियो ।