कालिका भगवती माईको मन्दिरमा चोरी ।

चितवन , १२ भाद्र । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं। ८ मा रहेको कालिका भगवती माईको मन्दिरमा चोरी भएको छ । गत , भाद्र २ गते शनिबार राती करिव १२ बजेतिर मुल मन्दिरको ढोका तोडफोड गरी नगद सहित विभिन्न सामानहरु चोरी भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । समितिले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै चाँदीको तिलहरी, सुनको तिलहरी, चाँदीको हार, चाँदीको बाला, चाँदीको पैसे जडित माला, चाँदीको पाउजु, सिंहमर्मरको मूर्ति, घुम्टो र दानपत्र फुटाई नगद करिव २१ हजार रुपैयाँ चोरी भएको मन्दिरका कार्यवाहक अध्यक्ष धुर्ब्र रायमाझी र सचिव लेखनाथ भट्टद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।