शंकास्पद वस्तुसहित विप्लव समूहका दुई कार्यकर्ता पक्राउ

 

काठमाडौं ( अखिल क्रान्तिकारी विप्लव समूहकी केन्द्रीय सदस्य उषा किरण आजाद र काठमाडौं जिल्ला सचिव तारा सन्जेल पक्राउ परेका छन् ।
सुरक्षा जाँचका क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
नेपाल कम्युनिस्ट पार्टी विप्लव समुहले आव्हान गरेको बन्द सफल बनाउन बम राख्न जाँदैं गर्दा उनीहरु पक्राउ परेका हुन् ।
मंगलबार विहान काठमाडौंको जमल पुलमुनी कार्टुनमा प्याक गरिएको प्रेसर कुकुर सहित आजाद र रावललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले से ५ प ६७०१ नम्वरको स्कुटीमा सवार दुवै जनालाई चेकजाच गर्दा प्रेसर कुकुर भेटिएकाले पक्राउ गरेको हो ।
यसैविच, बन्द निष्प्रभावी बनाउन सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ ।