राजधानी काठमाडौं लगाएत देशभर बन्दको सामान्य असर देखियो

 ठाँउ ठाँउमा शंकास्पद वस्तु

साउन २९, काठमाडौं । पार्टी स्थायी समिती सदस्य एंव प्रवक्ता प्रकाण्डसहित आफ्ना कार्यकर्ता गिफ्तार गरेको भन्दै नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपाले आज आह्वान गरेको नेपाल बन्दको देशभर सामान्य प्रभाव परेको खबर छ ।

देशको विभिन्न भागमा हिजो अस्ती देखि बम भेटिन र बिष्फोट भएको भएपनि राजधानी काठमाडौंमा भने त्यस्तो कुनै घटना घटाउन नसकेको विप्लब समुहले आज मंगलबार बिहान लोकन्थलीमा रहेको सिद्धार्थ पेट्रोलपम्पबाट भित्र छिर्ने सर्भिस ट्र्याकमा रातो प्लाष्टिकको झोलाभित्र प्रेसरकुकर छाडेर गएपछी स्थानिय आतंकित भएका छन् ।

स्थानीयले उक्त कुकर बम हुन सक्ने भन्दै सुरक्षा निकायलाई खबर गरेका थिए । खबर पाएपछि नेपाली सेना र नेपाल प्रहरी घटनास्थल आइपुगेका छन् । उक्त सर्भिस ट्र्याक हुँदै आवतजावत गर्ने सवारी साधन र बटुवालाई समेत हिँडडुलमा रोक लगाइएको छ । अहिले घटनास्थल वरपर नेपाली सेना र नेपाल प्रहरीले सुरक्षा कडा पारेका हुन् ।

काठमाडौंमा हिजो अस्तिको तुलनामा आदा गाडीहरु पनि चलेको छैनन् । बजारहरुपनि पुरै खुलेका छैनन् कलेज स्कुल जाने विधार्थीहरु पनि अन्योलमा रहेका छन् । काठमाडौ उपत्यकामा सुरक्षाकर्मी हरुको भने बाक्लो उपस्थिति छ ।

सादा पोशाकमा व्यापक मात्रामा सुरक्षाकर्मीहरु खटाईएको जानकारी प्राप्त भएको छ ।
बन्दले चितवन, मकवानपुर नवलपुर लगाएत देशैभर सामान्य असर गरेको खबर प्राप्त भएको छ । बिहान सञ्चालन हुने नीजि कलेजहरु बन्द भएका छन् । कतिपय विद्यार्थी तथा शिक्षकलाई बन्दबारे जानकारी नहुँदा कलेज पुगेर फर्केका छन् । सरकारले आफ्नो नेता पक्राउ गरेको विरोधमा नेपाल कम्युनिष्ट पार्टी, विप्लव समूहले आज नेपाल बन्दको आयोजना गरेको छ ।