आयुर्वेद, प्राकृतिक चिकित्सा र योग विज्ञान बिषयको पाठ्यक्रम विकासका लागि सैंद्धान्तिक सहमती

 

काठमाण्डौं/राष्ट्रिय पाठ्यक्रम विकास तथा मुल्याङ्कन परिषदको ७० औं बैंठक सम्पन्न भएको छ । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयको सभाहलमा भएको बैंठकले आयुर्वेद, प्राकृतिक चिकित्सा र योग विज्ञान बिषयको पाठ्यक्रम विकासका लागि सैंद्धान्तिक सहमती प्रदान गर्ने निर्णय गरेको छ ।
शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको बैंठकले आयुर्वेद, प्राकृतिक चिकित्सा र योग विज्ञान बिषयको पाठ्यक्रम विकासका लागि सैंद्धान्तिक सहमती प्रदान गर्ने निर्णय गरेको हो ।
परिषदले गरेको यो निर्णय स्वागतयोग्य भएको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक डा। सिद्धार्थ ठाकुरले बताउनुभयो । यो निर्णयले समृद्ध नेपाल बनाउने अभियानलाई सहयोग पुग्ने बताउँदैं ठाकुरले गरिबी निवारण र रोजगारीमा सहयोग पुग्ने आशा व्यक्त गर्नुभयो ।