चितवनमा भदौंको अन्तिम हप्ता अनमोल साँझ हुने,

कन्र्सटमा प्रियंका पनि आउने

चितवन, साउन १७–

चितवनमा आगामी भदौंको अन्तिम हप्ता अनमोल साँझ हुने भएको छ । मोनिका ईन्टरनेशनल ग्रुप काठमाडौंको आयोजनामा आगामी भदौं २३ गते नारायणगढस्थित क्याम्पाचौरमा अनमोल साँझ हुन लागेको हो ।
आयोजक मोनिका ईन्टरनेशनलले अनमोल साँझ २०७५ बारे जानकारी दिन आज ९बिहिबार० यहाँ आयाजित पत्रकार सम्मेलन मार्फत उक्त जानकारी दिईएको हो ।
कार्यक्रममा चर्चित नायक अनमोल केसीले आफै गित पनि गाउने भएका छन् । कन्र्सटमा नायिका प्रियंका काकी, भेटेनलगायत राष्ट्रिय तथा स्थानीय व्याण्डहरुको विशेष प्रस्तुती रहने मोनिका ईन्टरनेशनल गुप काठमाडौंका अध्यक्ष कमल जिसीले जानकारी दिए ।
कार्यक्रममा नायक केसीको नृत्यसंगै दुई वटा गीत प्रस्तुत हुनेछ । अध्यक्ष जिसीका अनुसार अनमोलले स्टेजमा के यो माया हो र तुरुरुरु बोलको गीत पनि गाउने छन् । उनको लाईभ नृत्य समेत दर्शकहरुले हेर्न पाउने छन् । नेपाली चलचित्रमा छुट्टै पहिचान बनाएका साथै युवा पुस्ताको मनमा बस्न सफल नायक अनमोलको यो पहिलो अफिसियल कन्सर्ट टुर हो ।
नायक अनमोलसंगै नायिका प्रियंका कार्कीको पनि विशेष प्रस्तुती रहनेछ । उनले ६ वटा गीतमा नृत्य समेत गर्ने मोनिका ईन्टरनेशनल ग्रप काठमाडौंका अध्यक्ष जिसीले जानकारी दिए ।
स्थानीय आयोजकको रुपमा द सिल्ड चितवन रहेको छ । चितवनमा आयोजित कन्सर्टको सबै व्यवस्थापन द सिल्डले नै गर्ने अध्यक्ष विनय लामाले बताए । अनमोल साँझ दिउँसो २ बजेदेखी साँझ ८ बजेसम्म चल्नेछ ।
चितवनमा करिव १० हजार दर्शकको उपस्थिति रहने आयोजकले विश्वास लिएको छ । दर्शकको सहजता र सर्बसाधरण दर्शकलाई प्रवेशमा सहज होस् भन्नका लागि २०० रुपैयाँदेखिको टिकट व्यवस्था गरिएको आयोजक मोनिका ईन्टरनेशनल ग्रुप काठमाडौंले जनाएको छ ।

अग्रिम टिकट खरिद गर्नेले यो मूल्यमा टिकट पाउने छन् भने सोही टिकट कार्यक्रमको दिन ३०० रुपैयाँ तिर्नुपर्ने हुन्छ । यस्तै ५०० रुपैयाँको टिकटमा स्न्याक्स, एक हजारको टिकटमा डिनर, ३ हजार रुपैयाँको टिकटमा नायक अनमोललगायतका कलाकारसंग बसेर डिनर र स्टेजको पहिलो भागमा बसेर कार्यक्रम हेर्न पाउने ब्यबस्था गरिएको मोनिका ईन्टरनेशनल ग्रुप काठमाडौंका अध्यक्ष जि।सी। ले बताए ।
। ३ हजार रुपैयाँको टिकट अनलाईनबाट बुकिङ खुल्ला गरिएको भन्दै हालसम्मको तथ्याङ्क हेर्दा ३ हजारको टिकट बुकिङ गर्ने दर्शक सबैभन्दा बढि चितवनको रहेको अध्यक्ष जि।सी।ले बताए ।

देशका चार मूख्य शहरबाट सुरु हुने यो कार्यक्रम भदौं ९ गते रुपन्देहीको बुटवलबाट सुरु भई भदौं १६ गते कास्कीको पोखरा र भदौं २३ गते चितवन हुँदैं भाद्र २७ गते झापाको विर्तामोडमा हुँदैछ ।

तीन घेरामा सुरक्षा व्यवस्था

नायक अनमोल केसीको फ्यानफ्लोईङ धेरै भएकाले अनमोलका लागि चितवनमा सुरक्षा व्यवस्था कडा पारिने भएको छ । ठूलो कार्यक्रम भएकोले आयोजकले सुरक्षामा विशेष जोड दिएको छ । आयोजक मोनिका ईन्टरनेशनलग्रुप काठमाडौंका अध्यक्ष कमल जिसीले देशका चार मूख्य शहरमा हुने यो कार्यक्रममा सुरक्षा व्यवस्था कडा हुने बताए । उनले गृहमन्त्रालयसंगै सुरक्षाको माग गरिएको जानकारी दिए ।
यता चितवन कन्सर्टका लागि स्थानीय आयोजक द सिल्ड चितवनले पनि सुरक्षा चुनौतीलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा पारिने बताए । द सिल्डका सल्लाहकार आश्विन घिमिरेले चितवनको कन्सर्टमा तीन वटा घेरामा सुरक्षा व्यवस्था मिलाईएको जानकारी दिए ।