गुटबन्दिको कारण काँग्रेस कमजोर : सभापति देउवा


चितवन, १२ साउन प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा गुटबन्दिको कारण काँग्रेस कमजोर बनेको बताएका छन् ।

डेमोक्र्या्टिक लयर्स एशोसिएसनको १० औं राष्ट्रिय महाधिवेशनलाई आज शनिबार नवलपुरको गैंँडाकोटमा सम्बोधन गर्दै उनँले अब पार्टीभित्र गुटबन्दि छाडी फरक राजनीतिक विचारसँग लड्ने समय आएको भन्दै पाटीपत्ािंmलाई एक ढिक्का हुन सबैलाई आह्वान गरेका छन् ।
उनले भने “पार्टी्भित्र अन्तरघातको समस्या व्याप्त छ, आफ्ना साथीप्रति दुश्मनी व्याप्त छ, यो रोगको निधान नभएसम्म पार्टी एकढिक्का हुन सक्दैन ।”
नेपाली काँग्रेसको आन्दोलन गर्ने रहर नभएको भन्दै देउवाले भने, “हाम्रो आन्दोलन गर्ने रहर होइन, सरकारले जबरर्जस्ती आन्दोलन गर्न बाध्य बनायो ।” सरकारले अप्रजातान्त्रिक कार्य गरेका कारण आन्दोलन गर्नु परेको हो भन्दैं उनले सरकारलाई लोकतान्त्रिक बाटोबाट अगाडि बढ्न आग्रह समेत गरका छन् ।

डा गोविन्द केसीको माग सम्बोधन हुनु सकारात्मक भएको भन्दै उनले सहमतिमा पनि चलखेल हुनसक्ने भन्दै खबरदारी आवश्यक रहेको बताए ।
कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी्भित्रको एकता आवश्यक रहेको भन्दै न्याय, निष्पक्ष र पारदर्शी मूल्यांकन गरेर पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताए ।

सभामुख र उपसभामुखमध्ये दुबै एउटै पार्टीको भएको भन्दै पौंडेलले यो संविधान प्रतिकुल रहेको जिकिर गरेका छन् ।
सो कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला, सहमहमन्त्री डा प्रकाशशरण महत, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, डा रामशरण महत, रमेश लेखक, बारका पूर्व अध्यक्ष शेरबहादुर केसी, पूर्व सभामुख दमननाथ ढुंगाना, पूर्व राज्यमन्त्री देवेन्द्र कँडेललगायतले काँग्रेसलाई एक ढिक्का बनाएर आधुनिकीकरण गर्दै अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए ।

वक्ताहरुले सरकारको कार्यशैलीप्रति आलोचना गरेका थिए । सो कार्यक्रम एशोसिएसनका अध्यक्ष भरत खरेलको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको थियो । महाधिवेशनले भोलि नयाँ नेतृत्व चयन गर्ने छ । महाधिवेशनमा देशभरबाट एक हजार १३१ प्रतिनिधिको सहभागिता रहेको एशोसिएसन चितवनका अध्यक्ष विष्णु अर्यालले जानकारी दिए ।
४७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने सो महाधिवेशन भोलीसम्म चल्नेछ छ ।