बदनाम हवल्दार यादवको अशुली आतंक बढदै

एसपी चौधरी बनिन् रमिते । अनुगमन कस्ले गर्ने ?

 

बारा । बाराका एसपी मिरा चौधरीलाई गुम्राहमा राखी यहाँको खजानी नाकाबाट मरिचको तस्करी भयंकर रूपमा सुरु भएको छ । स्थानीय तस्करहरूले खजानी नाकास्थित प्रहरी चौकीका असई लालबाबु राय यादव (संघीय प्रहरी इकाई कार्यालय जनकपुर) लाई समेत प्रयोग गरी मरीचको लाइन निर्वाध रूपमा खोलेका हुन् । खजानी नाकाबाट केही महिनायता सुभाष कुशवाह र लालबाबु यादवले मरिचको तस्करी गर्नैहरुलाई खुलमखुल्ला रुपमा सघाँईरहेका छन् । तर, नियमक निकाय जिल्लाका प्रहरी प्रमुख चौधरी रमिते बनेकी छिन् । सो नाकाबाट अहिले मरिचदेखि कपडा र अन्य सामानको तस्करी गर्नेमा सुभाष र लालबाबुका अलावा मुन्ना साह तेली, अरविन्द साह कलवार, मिश्रीलाल साह कलवार , सेनाप्रसाद यादव, विनोद प्रसाद यादव र मुकेशप्रसाद यादव रहेका छन् । उनीहरूले खजानी नाकाबाट तस्करी गरी भित्र्याएको सामान कोल्वी, निजगढ, वरियारपुर, कलैया हुँदै गञ्जभवानीपुर र अन्यत्र स्थान सम्म र्पुयाउने गरेका छन् । बिशेषगरी रातीको १२ बजेदेखि ३ बजेसम्मको समयमा स्थानीयले सिमाक्षेत्रका प्रहरी चौकीका प्रहरी प्रमुख समेतलाई मिलाई तस्करहरूले तस्करी गर्दै आइरहेका छन् । मुसहर्वा नाकाबाट तस्करी गर्ने तस्करमा फैंयाज मियाँँ, राजकुमार यादव, सुरेन्द्र साह कलवार र रमेश साह छन् । रमेश साह भारतीय नागरीक हुन् । उनीहरूले मासिक १५ लाख रूपैयाँ दिई रातीको १२ बजेदेखी ३ बजेसम्म को समयमा निर्वाध रूपमा तस्करी गर्दैआएको उनीदेखी आजित बन्न पुगेका प्रहरी नैं स्रोत बताउँछ । त्यस्तै , मटिहर्वा प्रहरी चौकीमा कार्यारर्त अर्का असई नरेश यादव समेत बिवादास्पद प्रहरी नै हुन् । उनको दरबन्दी ईलाका प्रहरी कार्यालय बंकुल रौतहट भए पनि कमाउनकै लागी उनलाई त्यहाँबाट एसपी चौधरीले अझै हटाइएकी छैनन् । यसअगाडि ईलाका प्रहरी कार्यालय खैरहनी चितवन हुँदा समेत काज गराएर त्यहाँ पुगेका उनको काज अवधि समेत सकिसकेको छ तर, पनि हाल हवल्दार पदबाद असई पदमा बढुवा हुनुको साथै पदस्थापना समेत भइसक्दा पनि जिम्मेवारी सम्हाल्न कार्यक्षेत्र नफर्किएका उनलाई एसपी चौधरीले कुन चाहिँ स्वार्थ पूरा गर्न काखी च्यापिन त्यो आश्चर्यजनक भएको प्रहरी स्रोत नै स्वंय प्रश्न गर्छ । स्रोतका अनुसार सबैलाई रवाना दिएर दरबन्दीमा फिर्ता पठाउने एसपी साबले बढुवा भएका यादवलाई चाहिँ किन काखी च्यापे त ? उनी प्रश्न गर्छन् , त्यसबापत चौधरीले कमिशन त पाउने गरेकी छैनन् भन्ने शंका समेत उब्जिएको प्रहरी स्रोत बताउँछ ? असइ यादवकै सक्रियतामा अहिले तस्करहरू राज जोधियाँ केशरी, राजा केशरी, मानान मियाँ, मुन्ना साह कलवार, लालबाबु साहले निर्वाध रूपमा तस्करी गराइरहेका छन् । उनीहरूले प्रहरीलाई साँढे १२ लाख रुपैयाँ मासिक दिने गरी लाइन समेत मिलाउदै आएका छन् । यो तस्कर गिरोहले पनि राती १२ देखि ३ बजेको समयमा तस्करी गर्ने गर्छन् । एउटै समय लामो समयसम्म एकछत्र राज गर्न पल्किएका प्रहरीलाई दरबन्दीमा फिर्ता गराउन नसक्नु कार्यालय प्रमुखको नियतमाथि शंका उब्जाएको छ । जिल्लाका एसपी मिरा चौधरी सुतिसके पछि डिएसपीको गाडी निगरानी गर्नका लागी जिल्ला प्रहरी कार्यालयको ढोकामा प्रहरी जवानद्वय जगमोहन प्रसाद कुर्मी र धिरजप्रसाद कुर्मी आलोपालो एसपी चौधरीको निगरानी गर्ने गर्छन् भने बजारको चोकमा कहिले धिरजप्रसाद त कहिले जगमोहनप्रसाद बसेर जिल्लाको टोलीको निगरानी गर्दै सीमाका चौकीका प्रमुखहरू लाई खबर गरी तस्करीको सेटिङ मिलाउने काम समेत गरिरहेको स्रोत दाबी गर्छ । उदाहरणस्वरुप गएको श्रावण ३ गते बेलुकी अन्दाजी १७स्३० बजेको समयमा बारा कलैया नगरपालिका वरेवा बजारस्थित रक्सी भट्टीबाट मोटरसाइकलमा गई २५ हजार घुस लिइ उन्मुक्ति दिएका थिए । नाकामा पठाएका चौकीका प्रमुखदेखि जिल्लाको घुमुवाले समेत एसपी चौधरीलाई समेत गुम्राहमा राखी संगठितरूपमा तस्करी गराइरहेको यो समाचारले पुष्टि गर्दछ । यो तस्करीको नाकामा पर्ने प्रहरी चौकीमा कस्लाई प्रमुख राख्ने, कसलाई हटाउने सम्मको अधिकार हवल्दार वीरेन्द्र यादव र तस्करीमा संँलग्न तस्करहरूले गर्छन् भने यसलाई कसरी लिने ? ती प्रहरी स्रोत भन्छन् स् तस्करीमा अवरोध गरेकै कारण ईलाका प्रहरी कार्यालय कर्वहीका प्रहरी प्रमुख सइ रामाशीष वरहीलाई यो समूहले नै हटाइदिए । त्यहाँबाट हटाइएपछी दुई दिन जिल्लामा बसेका उनी त्यसपछि आफ्नु दरबन्दीमा नै अन्तर्त स् फिर्ता भए । सो , ईलाका प्रहरी कार्यालयमा प्रहरी हवल्दार अरूण बैठालाई लाइन खुलाउन पठाएको समेत समाचार स्रोत बताउँछ । त्यस्तै , काभ्रे दरबन्दी भइ गण्डक प्रहरी चौकीका असई मोहन राय ,
र संखुवासभा दरबन्दी भइ कोल्वी प्रहरी चौकीका बदनाम सई सुरेन्द्र चौधरीको समेत असुली धन्दा उत्तिकै छ । उनीहरु समेत दरबन्दीमा जान मान्दैनन् । प्रहरी मुख्यालयले बारम्बार दरबन्दीमा फिर्ता गर्न मातहतलाई निर्देशन त दिन्छन् तर, मातहतका प्रहरी त्यसलाई टेर पुच्छर नै लगाउदैनन् । बारा प्रहरी स्रोत भन्छन् स् एसपी साबले बदनाम कर्मचारीलाई च्यापेर ठूलो गल्ती गर्नुभयो । ती प्रहरीको कुरालाई आधार मान्ने हो भने , अहिले हवल्दार वीरेन्द्र यादवले जिल्ला चलाइरहेका छन् । उठन्थे गतिविधि देखी सरुवा सम्म गर्ने अधिकार हवल्दारको जिम्मा एसपी चौधरीले छोडेका छन् । हैन भने, निजगढमा फिर्ता पठाएका गण्डक प्रहरी चौकीका असइ मोहन रायलाई फेरि किन गण्डक पठाइयो त ? हो, जिल्लाले आवश्यकता अनुसार जसलाई पनि जहाँ पनि खटाउन सक्छ यसो भन्दैमा एउटा हवल्दारले भनेको आधारमा कहिँले परिवर्तन गर्ने त कहिले जिल्लामा थन्क्याउने त्यसो पनि गर्न त दिनुभएन नि ?
अहिले जिल्लामा एसपी त नाममात्रको भएको र सबै अधिकार एसपी चौधरीले हवल्दार वीरेन्द्र यादव र असइ नरेश यादवलाई अधिकार सुम्पेको प्रहरी गुनासो गर्छन् । हवल्दार वीरेन्द्र यादवलाई मननपर्ने प्रहरी कर्मचारी लखटिएका छन् । भने, एक जना असइ गोपालमान श्रेष्ठ भने दरबन्दीमा जान नपरोस् भनेर बिदामा बसेर नयाँ जुक्ति समेत अपनाएका छन् । एसपी चौधरीले सबैलाई दरबन्दीमा फिर्ता पठाउन थालेपछि जिल्ला प्रहरी कार्यालय असई गोपाल कुमार श्रेष्ठ आफ्नु तोकिएको दरबन्दीमा जाने पक्षमा छैनन् । यस अगाडि जिल्ला प्रहरी कार्यालय पर्सामा रहि उठन्थे गतिविधिमा निरन्तर रूपमा सक्रिय भएपछि उनलाई केहि महिनाअघि मात्रै बारामा पठाइएको थियो । यद्यपि, अहिले पनि उनले आफ्नु अहिलेको नयाँ दरबन्दीमा जान मानेका छैनन् र मनपरी समेत गर्दैैैआएका छन् । उसो त, जिल्लाकै हाकिमलाई समेत थाहै नदिइ चितवन दरबन्दी भएका प्रहरी हवल्दार बिरेन्द्र यादव , सिरहा दरबन्दी भएका प्रहरी जवानद्वय राजसिंह पटेल , हिरा ठाकुर लोहार, जगमोहन प्रसाद कुर्मी , काभ्रे दरबन्दी भएका धिरजप्रसाद पट्टेलले समेत असुली धन्दालाइ तीव्रता दिदै गएका छन् । भने, त्यहाँका बदनाम प्रहरी हवल्दार बिनोद पासवानलाई मुख्यालय तानेपछी अर्का प्रहरी हवल्दार यादवको समेत असुली धन्दा बढेको छ । यतिसम्म की मिडियामा आउदैमा मलाई केही फरक पर्दैनन् भनी अन्य प्रहरीलाई समेत बिगार्ने काम उनै हवल्दार यादवले गर्दैआएको समेत प्रहरी स्रोत बताउँछन् ।
जिल्लाभरकै घुमुवा उनीहरु मात्रै रहेकोले अहिले बाराको इनर्वा, मटिअर्वा, बेल्दारी पर्साको जानकीटोल, मैनपुर , भिखमपुर, पकाहा, भिष्वा, लगायतका ठाउँबाट साइकलमा तस्करी भइरहेका छन् । विशेषगरेर हवल्दार वीरेन्द्र यादवले नामुद तस्करीहरु थेना प्रसाद यादवसित ५० हजार , बिनोद प्रसाद यादवसित २ लाख , पप्पु जयसवाल मरिचवाला सित ३ लाख, राम केशरी खैनीवालासित २ लाख , रामचन्द्र प्रसाद यादवसित अढाई लाख , मुन्ना जयसवाल मरिचवालासित अढाई लाख रुपैयाँँ उठाइ रातको १२ बजेदेखि तीन बजे सम्म निर्वाध रूपमा तस्करी गराउन्छन तर, जिल्ला हाँक्ने महाशय एसपी चौधरी रमिते बन्ने गर्छन् भने उनीसित आमनागरिकले कस्तो अपेक्षा लिने ? जहाँ सरुवा हुँदा समेत एसपी चौधरीले स्याबासी पाउन्थिन् तर बारामा आएपछि भने, उनले बदनाम मात्रै बटुलिरहेकी छिन् । एसपी चौधरीको कमजोर कमान्डरका कारण जिल्लामा प्रहरीकैै संरक्षणमा तस्करी मौलाएको छ नै हत्याहिंसा जस्तो जघन्य अपराधमा समेत ह्वात्तै हवृद्धि भएको छ । आफूलाई सिंगम ठान्ने यिनै एसपी चौधरी आएपछि जिल्लामा बलात्कार , चोरी र हत्याको घट्ना पटकपटक सार्वजनिक हुँदै गएको छ । यद्यपि , अनुसन्धानतर्फ भने खासै चासो दिएको पाइदैन भने, अपराधी समात्नुपरेको अवस्थामा ब्युरोको भर पर्नुपर्ने र मुख ताक्नुपर्ने अवस्था आउँछ ती प्रहरीको गुनासो थियो ? हुन पनि हो बाराको कलैयामा मिश्रा किशोरीको हत्या होस् या बालक अपहरणका काण्ड नै किन नहोस् ती दुबैको घट्नामा को को संलग्न थिए अझै नियन्त्रण बाहिर नै छ । यद्यपी , बालक अपहरणमा संलग्न दुई जना ब्युरोको नियन्त्रणमा आइसकेको भएपनि सार्वजनिक भने भएको छैनन् । एसपी चौधरी अरुलाइ गलत र आफूलाई सहि देख्ने परिपाटीले जिल्ला प्रहरी कार्यालय बारा तहसनहस भएको स्रोतले बताएको छ । हप्ते असुलीमा प्रहरीकै संरक्षण हुँदा र त्यस्तालाई मोलमोलाइमा उन्मुक्ति दिईने प्रहरीको परिपाटीले सिंगो संँगठन नै तहसनहस भईरहेको स्रोत बताउँछन् । स्मरण रहोस् स् एसपी चौधरीले काखी च्यापेकी हवल्दार यादव उनै ब्यक्ति हुन् जो १० बर्षसम्म हेटौंडाको सादा पोशाक खटी असुली कार्यको आरोप खेप्दै आएका थिए । तत्पश्चात , तीब्र बिवादका बाबजुद निजलाइ साबिकको क्षेत्रीय प्रहरी कार्यालय मकवानपुरका तत्कालीन डिआइजी गणेश केसीले दरबन्दी भएको क्षेत्रमा फिर्ता पठाएकोमा चितवनको गोन्द्राङ्गमा समेत आर्थिक चलखेल गरेपछि तत्कालीन एआइजी केशरीराज घिमिरेले उनलाई रातोमाटे गण मकवानपुर पठाइएको थियो । पटकपटक असुली काण्डमा अग्रसर भएका हवल्दार यादवले ब्यापारीहरु लाई खुलेआम धम्काउदै रकम असुले पनि उनलाई कसैले केही गर्न सकेका छैनन् । त्यस्तै, प्रहरीहरुसँगको सेटिङ र सम्मझदारीमा बाराको सिम्रौनगढ नाकाबाट खुलेआम रूपमा तस्करी सुरु भएको छ । नेपालबाट भारततर्फ अलैँचीको तस्करी सुरु भएको हो । यसरी तस्करी गर्ने तस्करहरूमा स्थानीय चपुरका सुनील जैसवाल, सिम्रौनगढका मुन्ना कलवार, बंंकुलका प्रमोद गुप्ता र उमेश साह छन् । यी चार तस्करहरूलाई मात्र सो नाकाबाट अलैँचीको ठू्लो मात्रामा तस्करीको लाइन दिइएको छ । २ नम्बर प्रदेशका सभामुख सरोज यादवको दबाबमा एसपी चौधरीले बाध्य भएर पक्राउ नगर्ने सर्तमा लाइन दिएको हो । महिनौंदेखि सो नाकाबाट अलैँचीको तस्करीको लाइन सुरु भएको हो । राती ८ बजेपछि टाटा मोबाइलबाट कोल्वी हुँदै सिम्रौनगढबाट भारतको घोडासानमा अलैँची तस्करी हुँदै आएको छ ।

अम्लेखगंजमा अशुली ।
यता, बाराको अम्लेखगंजमा समेत अशुली आतंक मच्चिएको स्रोतले बताएको छ । सोमबार राती असइको कमान्डमा एक महिलासहित खटिएको पाँच जना प्रहरीमध्य एक प्रहरी हवल्दार जयमंगल यादवले भैंसी लोड गरेर आउदै गरेको ट्रक सित दुई सयका दरले घुस रकम अशुलेको प्रहरी स्रोतले बताएको छ । त्यहाँ तीन वटा ट्रकलाई हवल्दार यादवले रोके त्यसपछि उनीहरु एक आपसमा खासखुस गरे अनि मोलमोलाइ सुरु भयो र पैसा लिएर उक्त ट्रकलाई उन्मुक्ति दिइयो । यादवको नियत पहिले देखि नै ठिक थिएनन् ती प्रहरी गुनासो गर्छन् स् घुसमा लिप्त बनेका हवल्दार यादवको बिषयमा कार्यालय प्रमुख समक्ष गुनासो पुगेपछि ड्युटीमा खटिएका सबैलाई बिफ्रीङ्ग गरेर कडाइका साथ ड्युटी गर्न र आर्थिक काण्डमा नलाग्न निर्देशन समेत दिइएको ड्युटीमा खटिएका एक प्रहरीले बताए । एसपी मिरा चौधरीले नेतृत्व सम्हाले पनि जिल्लामा अशुली आतंकमा कुनै सुधार आएको भने पाइदैन ।