डा केसीको समर्थनमा चितवन भरतपपुरको चौंविसकोठीमा मौन अनसन

चितवन, ०७ साउन । चिकित्सा शिक्षामा सुधारको माग गर्दै १५औँ पटक अनसन बसिरहेका प्रा.डा. गोविन्द केसीको समर्थनमा चितवनमा समेत रिले मौन अनसन सुरु गरिएको छ ।
अनसनरत डाक्टर केसीको जीवन रक्षार्थ बसिएको एक दिवसिय मौन अनसनमा शुभेच्छुक संघसंस्था एवम् नागरिक समाजको सहभागिता रहेको छ । बिहान ७ बजेदेखि सुरु भएको रिले मौन अनसनमा चार घण्टाका दरले दरमा अनसनरत व्यक्तिहरु परिवर्तन हुने जनाइएको छ । अनसन बस्ने व्यक्तिहरुलाई सोमबार बिहान नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले फूलमाला सहित सम्मान गरेका थिए ।
डाक्टर गोविन्द केसीले उठाएका माग जायज भएकोले ती मागहरु पूरा गर्न तथा केसीको जीवन रक्षाको लागि दबाब दिन मौन रिले अनसनको आयोजना गरिएको हो ।