चितवनमा गएराती देखि टेलिफोन सेवा अबरुद्ध ।

चितवन , ३१ असार । प्राबिधिक समस्या उत्पन्न भएपछि चितवनमा शनिबार रातीदेखी टेलिफोन सेवा अवरुद्व हुन पुगेको छ । नेपाल टेलिकम भरतपुरका भरतपुरका बरिष्ठ प्राबिधिक अधिकृत यज्ञप्रसाद शर्माका अनुसार प्राबिधिक समस्या उत्पन्न भएपछि टेलिफोन अबरुद्ध हुन पुगेको र सोको बिषयमा केन्द्रिय कार्यालयलाई जानकारी गराइसकेको र टेलिकमका प्राविधिकहरु मर्मतका लागि खटिएको जानकारी दिए । काठमाण्डौ बाट थप प्राबिधिकहरु समेत आउँदै गरेकाले साँझ सम्ममा सेवा सुचारु हुने शर्माले बताए । टेलिफोनमा समस्या उत्पन्न हुँदा करिब २० हजार सेवाग्राही प्रत्यक्ष रुपमा प्रभावित भएका छन् ।
अबरुद्ध बिद्युत सेवा सुचारू ।
यसैबीच , गएराती देखी अबरुद्ध हुन पुगेको बिद्युत सेवा आज आइतबार बिहानैदेखि सञ्चालनमा आएको छ । राती करिब १० बजेपछि रत्ननगरमा अबरुद्ध हुन पुगेको बिजुली झन्डै ९ घण्टापछि बिहान ७ बजेदेखि नियमितरूपमा सञ्चालनमा आएको नेपाल बिद्युत प्राधिकरणका कार्यकारी अधिकृत सुरेन्द्र चौधरीले जानकारी दिए ।
ब्ततबअजmभलतक बचभब