नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनको आठौँ स्थापना दिवसको अवसरमा ५ दिने विविध कार्यक्रमको आयोजना गरिदै

 


चितवन , २५ असार । नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनले आठौँ स्थापना दिवसको अवसरमा ५ दिने विविध कार्यक्रमको आयोजना गर्ने भएको छ । मञ्चले नारायणगढमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत विभिन्न कार्यक्रमको तालिका समेत सार्वजनिक गरेको छ । कार्यक्रम अनुसार असार २५ गते अर्थात आज सोमबार माडी नगरपालिका ३ स्थित बसन्तपुरमा गरीब विपन्न र असहाय विद्यार्थीका लागि स्कुल पोशाक, शैक्षिक सामाग्री वितरण गर्ने, २६ गते चितवनको देवघाटमा वृद्धवृद्धालाई व्ल्याङकेट , मिष्ठान तथा फलफुल वितरण गरिने, २७ गते भरतपुर महानगरपालिका –३ स्थित नगरवन मार्गमा रहेको सडक बालबालिका पुर्नस्थापना केन्द्र ‘हाम्रो घर’ मा सहभोजको कार्यक्रम गरिने , २८ गते नारायणगढको शहिदचोकमा खुल्ला रक्तदान गरिने, २९ गते सामाथ्र्य नेपालसँग सहकार्य गर्दै हङकङ बजार, मिलनरोड, जुनहल रोड, गंगोत्री बजार, गणेशबजार, शहिदचोक र लायन्सचोकमा डष्टविन राखी साँझ दीप प्रज्वलन गरिने, २९ गते समापन तथा सम्मान कार्यक्रम नारायणी नदी किनारका रहेको पञ्चकन्या पार्टी प्यालेसमा हुने कार्यक्रम संयोजक तथा कोषाध्यक्ष कृष्ण कँडेलले जानकारी दिए । नयाँ वर्षको शुभकामना कार्डसँगै १ सय ५० देखि २ सय प्रतिशतसम्म भाडा वृद्धिको सूचना घरधनीले दिएपछि बि।संं। २०६८ सालमा नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनको स्थापना भएको थियो । त्यस बेला घरधनीको मनपर्दी भाडावृद्धी र सलामी प्रथाको विरोधमा तीन दिने चितवन बन्दको आव्हान समेत भएको थियो । पत्रकार सम्मेलनमा संस्थापक अध्यक्ष हेमराज पौडेल, पूर्व अध्यक्ष दुर्गाप्रसाद गौतम, प्रभात ढुङ्गाना लगायतको सहभागिता थियो ।
ब्ततबअजmभलतक बचभब