आ.व. ७४/७५ मा चितवन अदालतद्वारा ६६ प्रतिशत मुद्दा फछ्र्यौट ।


चितवन , २५ असार । जिल्ला अदालतले चालु आर्थिक वर्ष २०७४र०७५ मा आइपुग्दा झन्डै ६६ प्रतिशत मुद्दा फछ्र्यौट गरेको जनाएको छ । हालसम्मका तीन हजार चार सय ६५ मुद्दामध्ये दुई हजार तीन सय सात मुद्दा फछ्र्यौट गरेको चितवन अदालतले जनाएको हो । समग्रमा ६६ दशमलब ५८ प्रतिशत मुद्दा फछ्र्यौट गरेको भएपनि चालु आर्थिक वर्षमा मात्रै दर्ता भएका दुई हजार तीन सय २० मुद्दामध्ये दुई तीन सय सात मुद्दा फछ्र्यौट गर्न सफल भएको सोमबार आयोजित अन्तक्रिया कार्यक्रममा अदालतका सूचना अधिकारी केशवप्रसाद पौडेलले जानकारी दिनुभयो । त्यस्तै , जिल्लाका न्यायाधीश कुलप्रसाद शर्माका अनुसार जिल्ला अदालतमा दुई वर्ष नाघेका पाँच वटा मुद्दा मात्रै फैसला गर्न बाँकी रहेका छन् । चालु , आर्थिक वर्ष २०७४र०७५ को असार २४ गतेसम्म दर्ता भएका दुई हजार पाँच सय ५० र अघिल्लो वर्षको जिम्मेवारी सरेर आएको नौ सय १५ वटा मुद्दा मध्ये एक हजार एक सय ५८ मुद्दा मात्रै फछ्र्यौट गर्न बाँकी रहेको शर्माले बताउनुहुन्छ । जसमध्ये एक वर्षभित्र एक हजार २५, एक वर्षदेखि १८ महिनासम्मका एक सय तीन र १८ महिनादेखि दुई वर्षभित्रका २५ वटा मुद्दा फस्र्यौट गर्न बाँकी छ ।