चर्को ब्याज नाममा कम्पनी खोलेर करोडौं उठाउने गजमेरलाई राष्ट्र बैंकको छुट

काठमाडौं ,११ असार । माई इन्भेष्टमेन्ट ग्रुपका नाममा विभिन्न ब्यक्तिसँग करोडौं रुपैयाँ ठगी गरेको आरोपमा अनिल विश्वकर्मा गजमेर अहिले लुकीलुकी शक्ती केन्द्र धाउन थालेकाछन् ।

केहि प्रहरी अधिकारीको भित्रि संरक्षण पाएका उनले आफ्नो लुट धन्दा रोक्न अनेक उपाय रचेकाछन् ।

गृह मन्त्रालयलाई हात लिन विभिन्न शक्ती केन्द्र धाएका उनले गृहमन्त्री रामबहादुर थापालाई फसाउन नसकेपछि लुट धन्दा छिपाउन कहिले अदालत ,कहिले अन्य शक्ती केन्द्र धाउने गरेका हुन् ।

मोटो रकम ब्याज दिन्छु भन्दै करोडौं उठाउने अनिल गजमेरलाई नेपाल राष्ट्र बैंकले समेत छुट दिएको पिडितहरुले बताएका छन् ।

कानुनी प्रक्रिया पुर्याएर माई इन्भेष्टमेन्ट ग्रुप खोलेको हुँ भन्दै सर्वसाधारण सोझा नागरिकलाई चर्को ब्याज दिने भन्दै ठगी गरेका उनलाई राष्ट्र बैंकले अझै डण्डा लगाउन सकेको छैन् ।

आफै ठग्ने आफै कानुनी उपचार भन्दै कुद्ने उनको चाल केलाई के भन्दा देख्नेलाई लाज भएको छ ।

यातायात क्षेत्रको सिन्डिकेट र सुन तस्करीको जालो जस्तै मिटर ब्याज र चर्को ब्याजमा निरन्तर लुट धन्दा मच्चिरहेको समयमा अनिल गजमेर जस्ता खुलेआम हिड्ने पिडितले पुर्पुरोमा हात लाउने, आखिर कहिले सम्म रु जनचासो बढेको छ ।

ठगीको पार पाउँछु की रु भन्दै गृहमन्त्री रामबहादुरको ढोकामा गजमेर १
केहि बर्ष अगाडि गजमेरले माई इन्भेष्टमेन्ट ग्रुपका नाममा फाइदा हुने प्रलोभन देखाएर राधिका कटवालसँग ३५ लाख रुपैयाँ लिएको र समयमा नतिरी भागेपछि यस्तो कुरा प्रदाफास भएको हो ।

उनको इन्भेष्टमेन्ट कम्पनी ठगी गर्ने भाँडो भएको जानकारी प्राप्त भएको छ । गजमेरले पिडितको पैसा आज आज भोलि भोलि भन्दै बर्षैं बिताएका छन् । आफुले कानुन ,प्रहरी प्रशासन हातमा लिएको भन्दै उल्टै पिडितलाई धम्क्याउने गरेको एक पिडितले बताएका छन् ।

कटवालले पिडितहरु रकम तिर्न आनाकानी गरी भागीभागी हिंडेको ती पिडितहरुको भनाई छ ।

अहिले गजमेर काण्डले सञ्चार क्षेत्रमा समेत खैलाबैला मच्चिएको छ । केही प्रहरीका अधिकारीले साथ दिएकै आधारमा उनले अदालतको सहारा लिदैँ पिडितहरुलाई थप पिडा दिएका हुन् ।

उनलाई बोक्ने प्रहरी अधिकारीले अह्राए र सिकाए बमोजिम खुलेआम उनको लुटधन्दा छोपिने हो भने जस्ले जे गरे पनि भयो स्रोत भन्छ ।

गजमेरले राधिका मात्र होइन, थुप्रै ब्यक्तिहरुलाई ठगेका छन् । गजमेर काण्डका बारेमा एक छानबिन समितिनै गठन गर्नु पर्छ । ब्याज दिन्छु भन्दै रकम असुल गर्ने कम्पनीनै खोलेकाले राष्ट्र बैंक यो घटनामा कानमा तेल हालेर बस्न मिल्दैन् । ब्याज दिने कम्पनी खोल्न मिल्छ रु

आम नागरिकको रकम असुलेर अदालत र प्रहरी मेरो साथमा छ भन्दै उल्टै धम्क्याउन पाइन्छ रु उनले गृहमन्त्री थापा समेत आफ्नो पक्षमा भएको भन्दै पत्रकारहरुसँग रमाउने गरेका छन् । आखिर जस्को शक्ती उस्कै भक्ती हो त रु

गजमेरलाई बोक्ने प्रहरीहरुलाई कारबाही गर्नु पर्ने माग उठेको छ । गजमेरले केहि ब्यक्तीलाई आर्थिक प्रलोभनमा पारी आफ्नो रवैया प्रर्दशन गर्दै आएका छन् ।