शहरका घरबेटीहरुलाइ खुल्लापत्र

 

शहरका सभ्य घरबेटी ज्युहरु
नमस्कार

आदरणीय घरबेटी ज्युहरु म जस्ता हजारौ मजदुर अनि सानोतिनो पेशा ब्याबासाय गरि राजधानी लगायतका शहरमा सटर र कोठा भाडामा लियर बस्ने र ब्याबसाय गर्ने सर्बसाधरणको पिडालाइ आफ्नै पीडा सम्झेर आज मैले हजुरको ५ औ तले घरको सबैभन्दा तलको छीडीको कोठामा बसेर हजुरहरुलाइ एउटा खुल्लापत्र लेख्दैछु आसा छ घरबेटी ज्युहरुले पढनुहुनेछ मनन गर्नुहुनेछ १

हामी गाउबाट आएका हरुलाइ काठमाडौं पोखरा चितवन लगायत शहरका धेरैजसो हजुरहरु जस्तै घरबेटीहरु सिधै ओ पाखे भनेर नबोलाएपनी ब्याबाहारतले भने पाखे भन्न रुचाउछन हामी त्यो सस्कार र समाजमा हुर्कीयका पाखेहरु हौ जहाँ एकघरी केरा पाक्यो भने हाम्रा आमाहरु आफुले चाख्न भन्दा पहीला गाउले सबैको घरमा २ र२ कोसा नै किन नहोस पुर्याउने वा भनौ बाडेर खान रुचाउनुहुने अनि कुनै बिदेशबाट फर्केका लाहुरेले एउटा गेडो चक्लेट दियो भने टोकेर नै किन नहोस मेरा गाउलेहरु आधा आधा बाडेर खान रुचाउने १ तरकारी कसैको बारीमा राम्रो फल्यो भने बाडेर खान रुचाउने १ मेरो ती पहाडका गाउहरु जहाँ कोही भोकै बस्न पर्दैन घरबेटी ज्यु हामी पाखे गाउले जो ब्यवहारू घरको शुभ कलश हो भन्ने सस्कारमा हुर्कीएका हौ हाम्रा आमाहरुले मानवीयता घरको मुल चाबि हो भनेर हामीलाइ सानै देखि शिक्षा दिनुभयो
हाम्रा बा हरुले हामीलाइ मधुर वाणी घरको धनसम्पती हो बाबू हो भनेर सिकाउनुभयो अनि मेरो समाज जसले
समृधी र शान्ति घरको महा लक्ष्मी हो भनेर ब्याबाहारबाट नै सिकायो १ तर घरबेटी ज्यु यो शहरमा तपाईंहरुले सिकाउने कुरा भनेको बिल्कुल फरक छ १ शहरले त स्वार्थी बन्न सिकाउछ नातागोता आफ्नो पहीचान भन्दा ठूलो कुरा सम्पतीलाइ मान्दोरहेछ मानवीय मुल्य र सामाजिक सरोकारको स्थान कमजोर हुदै जाने रहेछ शहरमा किनभने गाउबाट भखर शहर पस्ने हरेकले शहर छीरेको केही समयमा नै यहाका घरबेटीलाइ अर्कै ग्रहमा आएजस्तो लाग्छ
घरबेटी ज्यु मनमा उत्साहा र अनेक सपना बोकेर पढनको लागि होस वा कुनै पेशा ब्यबसाय गर्नको खातीर राजधानी छीर्ने हरकोहीलाइ हिजोआज नाकढुङ्गा कलङ्कीको जाम र धुलोमा निस्स्सासीदै शुरु हुने काठमाडौंको पिडादायी क्षाणहरु जब यो राजधानी शहरमा भाडा गरेर बस्ने बेलासम्म त सहिनस्क्नु पिडाले पनि मनमा डेरा जमाइसकेको हुन्छ जुन पीडा म जस्ता कयौ निम्न बर्गीय जन्ताले बर्स देखि भोग्दै आइरहेको छौ यही पीडा बेथीती र अत्याचारको सुरुवात कै कारण नै घरबेटीहरु ज्यु हरु तपाईं हरु हिन्दी चलचित्र पिकेको नायक ९ अमीर खान० को भुमीका पिके जस्तो लाग्छ, अनि शनि ग्रहबाट आएका एलीयन हरु जस्तो लाग्छ शहरका अधिकाश मानीसमा न कुनै मानबीय संवेदना हरुको क्लेश भेटीन्छ न कुनै मानबता, पुरै अमानव अनी भरपुर स्वार्थी , जब यि पीके वा एलीयनहरुको घरबाहालमा बस्नेहरुलाइ गर्ने ब्याबहार र सिन्डिकेट जस्तै एउटा कोठाको ६ हजार तिर्नुपर्ने बत्ती, पानी, केबल र फोहोरको सबैको डेरावालले नै तिर्नुपर्ने पानी धेरै खर्च गर्यो भने डेराबाट निकाल्दीने आफन्त र साथीभाइ कोठामा ल्याउन नपाउने कोठामा हल्ला गर्न नपाइने । साझ आठ बजे गेट लाइन्छ त्यो भन्दा पछी कोठामा आउन नपाइने। महीना पुग्नुभन्दा एकहप्ता अगाडि कोठा भाडा तिर्न पर्ने खानेपानी धारामा आउँछ तर डेरावाललाइ दिइनेछैन डेरावालले ट्यांकरको पानी किनेर हाल्नुपर्ने भुइँतलाको को कोठा हुनेले दैनीक आगन पनि झाडुपोचा लाउनु पर्ने। भित्तामा काँटी ठोकेको सुने भने घर छाडे हुन्छ गेट लगाउँदा ढ्वाङ्ग पारेर बजेको सुन्न नपरोस आदि आदि १
काठमाडौं लगायतका शहरमा डेरा गरि बस्ने लगभग सबैलाइ बिहान उठेदेखी नसुतेसम्म घरबेटीले कुनै न कुनै रुपमा तनाब दिएकै हुन्छन उनीहरुको नजरमा नुहाएको देखे पौडी खेलेको देख्छ्न मुख धोयो भने नुहाएको देख्छन १ यहि परीपाटी र ब्याबाहरले गाउबाट शहर आउने सोझासिधा मान्छेलाइ पनि यो शहरले स्वार्थी बन्न बन्न सिकाउछ अनि ४ आने घरै घरको एउटा कोठामा निस्सासीयर बाच्न सिकाउछ जसको कारण हिजोआजको दिनमा ग्रामीण भेगबाट आउने प्रायः हरेक निम्नमध्यम वर्गीय जनताको सपना हुन्छ –काठमाडौं शहरमा ४ आने टुक्रे जग्गा किन्ने, घर बनाउने, गाउँबाट आउनेलाई कोठा डेरामा लगाउने र आफू त्यही भाडाबाट प्राप्त आम्दानीले आनन्दसङ्ग बसेर खाने । यही भुलभुलैयाले भुल्याएको छ, धेरैलाई ।

अर्कातिर यही काठमाडौं सपनाले कतिपयलाई डिप्रेसनको सिकार पनि बनाएको छ । अनि कतिलाई विदेशबाट राता बाकसमा फर्काएको छ ।
जब सहरको यो दुर्दशा सम्झन्छु अनि मलाई लाग्छ शहरीय जिबनशैली र हावाले यतीबिघ्न नमजाले गाजेपछी कसरी देशका बारेमा सोच्नु, विकास र समृद्धिबारे घोत्लिनु । अनि कहाँ फस्टाउँछ व्यवसाय र खुल्छ मुलुकमा उद्योगधन्दा रु

घरबेटीज्युहरु जब हिजोको दिन सम्झन्छु म जस्ता कयौ छोराछोरीलाइ मनभरि सपना र दुब्लो कुम्लोमा केही माना चामल दाल र एकमुठो साग बोकेर शहर छिरेका हरेकलाइ बाबुआमाले राम्रो सङ्ग पढोस ठूलो मान्छे होस भनेर शहर पठाउनुहुन्छ अनि छोराछोरी पनि बाबाआमा र आफ्नो सपना पुरा गर्छु भनेर काठमाडौं लगायतका शहरमा छिर्छन जब शहर छिर्छन तब शहरको सङ्घर्षको सबैका आआफ्नै कथा हुन्छन गाउबाट शहर छिर्नेहरुका एकाध बाहेक जो जहा जे सपना बोकेर गएपनी धेरै चै सपना सगै हराउछन मलाई अहिले लाग्छ हामीले देखेको सपनाले कहिल्यै ल्यान्डिङ गर्न पाउदैन यो शहरमा सहर हामीजस्ता गाउँबाट आएकाहरूका लागि होइन रहेछ १
मान्छेहरुको जिबनशैली मा थोरबहुत परीबर्तन आउनसाथ सान रवाफ र समाजमा आडम्बरीपनकै लागि भएपनी शहर बस्ने परीपाटीले गर्दा धेरै को शहर बसाइ हिजोआज बाक्लीदै छ जसको कारण पहिलो कुरा त यहाँ डेरा पाउनै मुस्किल छ यदी पाइहालेमा पनि महिनैपिच्छे मनपरी भाडा अशुलेर डेरावाललाइ दुख दिने घरबेटीहरुको जत्थाको कारण वा भनौ आफ्नो स्वार्थ र पैसाको लागि जे पनि गर्ने , बोल्ने र डेरावाललाइ हेप्ने प्रबिर्तीको को कारण साच्चै हिजोआज अती नै शहरको बसाइ पिडादायी बन्दै गएको छ १ तसर्थ घरबेटी ज्यु कहिलेकाही सोच्छु यो शहर जहाँ मानबिय समबेदना भन्दा ज्यादा पैसा र पावरको चर्चा गरिन्छ भने त्यो दुनियाँ हामी गाउले वा भनौ तपाईंहरुको भासामा पाखेको लागि चिहानघर भन्दा ज्यादा केही हुन सक्दैन१ र पनि अनेक बाध्यता र बिबशतामा रुमलीयरै त्यही चिहानघर कुरेर बस्नुपर्ने बाध्यताहरु छन १ त्यही चिहानघर जहाँ मुर्दा कुरेर बसीरहनुपरेको छ यस्तो परीस्थीतीमा यो शहरमा श्वास फेर्नुलाइ मात्र जिउनु भनीन्छ तर घरबेटी ज्यु म सोच्छु जिउनलाइ शान्ति चाहिन्छ अमन चैन चाहिन्छ
यसरी कती दिन यो शहरको यो प्रदुषण स्वार्थीपन मा रुमालीयर त्रासै त्रासमा जिउनु रु

घरभाडा सम्बन्धि कुनै कडा खालको मापदण्ड नहुदा वा भनौ भएको मापदण्ड पनि समबन्धीत निकायले कडाइको साथ लागू नगर्दा हिजोआज शहरमा घरबेटीको मनोमानी अती बढेको छ १ ग्रामीण भेगबाट उच्च शिक्षा अध्यानको शिलशिलामा राजधानी लगायतका प्रमुख शहरमा डेरा गरि बस्ने हजारौ बीध्यार्थी र सामान्य पेशा ब्याबसाय अनि मजदुरी गर्नेहरुलाई हीजोआज शहरको बसाइ निक्कै कठीन हुँदै गएको छ १

आज भन्दा १र२ वर्ष अगाडी मात्रै पनि एउटा सामान्य कोठाको भाडा २५ शय देखि ३ हजार हुनेहरुको पनी अहिले कम्तीमा ५ हजार भन्दा माथि छ भने १० हजार सटरभाडा हुने सामान्य ब्याबसायीको १५ हजार भन्दा माथी छ केही बर्सको अन्तरालमा घरभाडा समबन्धी सरकारी निकायबाट कुनै अनुगमन नगरीदिदा र कुनै मापदण्ड नहुदा शहरका घरबेटिको यतिबिघ्न मनपरि र तानाशाही प्रबिर्ती बढेको छ कि कुरा गरि साध्य नै छैन
एउटा सामान्य ब्यापारीले महीनामा २५र३० हजार कमाउन मुस्किल हुन्छ तब त्यसले सटरलाइ १५र२० हजार तिरेर छोराछोरी कसरी पाल्ने पढाउने खाने रु अनि मजदुर गर्नेको तलब राजधानीमा त्यस्तै १०र१२ हजार हो यस्तो महङ्गीमा ५ हजार कोठालाइ तिरेपछि के गरि बस्ने रुरु घर बहाल सम्बन्धी मापदण्ड वा कानुन नहुदा घरबेटीको बोली नै कानुनसरह भएको छ शहरका प्र्त्येक घरबेटीले डेरावाललाइ आआफ्नो तरीकाले सिन्डिकेट लादीरहेका छन भन्दा भरक पर्दैन शहरका घरबेटीको सोचनै एकदमै गलत भैरहेको छ पहिले(पहिले एउटै मान्छे लामो समय बहालमा बसिदेओस् भन्ने चाहन्थे, अहिले महिनैपिच्छे मन्छे फेर्न पाए हुन्थ्यो अनि बर्सैपीच्छे सटरमा नया नया मान्छे राख्न पाए सटरको सलामी तीराउन पनि पाइने र भाडा पनि बढाउन पाइने भन्ने सोच्छन्,ू कोठाबाट कुनै पनि डेरावाललाइ निकाल्नासाथ नया आउनेलाइ हजार देखि १५ सयसम्म भाडा बढाइहाल्छन ।ू
‎मुलुकी ऐनमा घरबहाल सम्बन्धी सामान्य व्यवस्था भने छ तर त्यो कागजको एउटा खोस्टोको रुपमा मात्रै छ १ त्यो कोही कुनै घरबेटीले प्रयोग गर्दैगर्दैनन जसको कारण डेरामा भएको र व्यापार गरिरहेका व्यक्तिलाई जुनसुकै बेला घरबेटीले हटाउने, अनयिमितरुपमा भाडा असुल्ल्ने, पानी विजुली लगायतका सुविधा नदिने समस्या ले डेरावालहरु प्रताडित छन तसर्थ कोठाभाडा सम्बन्धी अल्ली निर्मम खालको कानून निर्माण गरेर कार्यनयनमा सरकार तुरुन्तै लागीहाल्नुपछ १ दुइ तिहाईले बनेको बलियो सरकार भएको यो अबस्थामा सरकारले चाह्यो भने गर्न सक्ने हुदा यो कुरालाइ गम्भीर रुपमा सरकारले सोच्नैपर्छ ढीला गर्नुहुन्न १ कुनैपनी देशमा यो किसीमको बेथेती बढनु पक्कै पनि राम्रो हुदैहोइन १
सरकारले नियम बनाएर अनीबार्य रुपमा ‎ ‎कुनै पनि मानिस डेरामा बस्दा उसले पालन गर्नुपर्ने नियम र घरबेटीले दिनुपर्ने सुविधाबारे दुबै पक्षको समझदारीमा कानुनी फारम भर्नैपर्ने नियम बनाउने र शहरमा ठाउँ हेरेर स्क्वायर फीटको हिसाबले कोठा र सटरको भाडा निर्धारण गर्ने कोठाभाडा बर्समा कम्तीमा यति ५ बढाउन पाइने भनेर नीयम बनाउने भाडा लिएपछी अनीबार्य रुपमा पानीको ब्याबस्था घरबेटीले गर्नैपर्ने नीयम बनाउने अनी कोठाभाडा बैकं मार्फत घरभेटिको खातामा जम्मा गर्ने नियम पनि राख्न सकीयो भने करको पनि छली हुदैन अहीले लगभग राजधानी लगायत शहरका आधा भन्दा ज्यादाा घरबेटी हरुले पुरै कर नै तीर्दैनन यसले गर्दा अरबै कर पनि उठछ भने सरकारले तोकेको भन्दा धेरै घरभाडा लिन पाउदैनन् । फेरी यसरि अर्बौ पैसा बैकिंग प्रणालीमा जादा देशको आर्थिक अस्बस्था पनी सुध्रीन्छ र बिधीको शासन शुरु हुन्छ
अनि कोठामा बस्नेले पनि आफू कतिबेला निकालिन्छु भन्ने डर र त्रास नै त्रासमा बाच्नु पर्दैन १ यस बारेमा घरभाडा समबन्धी ठुलाठुला कुरा गर्ने सरोकार वाला निकायले हल्लाहरु गरेतापनी नीति निर्माणको तहमा बस्नेहरूले भने डेराबाल को समस्यालाई लिएर गहन छलफल भएकै छैन १ सायद नितीनीर्माण गर्नेहरु नै मनपरि भाडा असुल्ने घरभेटीहरु भएर पो हो कि रु नत्र त गणतन्त्र आएको यति लामो समय भैस्क्दा पनि घरबेटीको यो किसीमको राणा शासन नचल्नुपर्ने हो हैन र रु

जब हामी बजार जान्छौ तब त्यहा हरेक सामानको भाउ तोकीयका हुन्छ तर बिस्वकै नेपाल त्यस्तो अचम्मको देश हो जहा डेरा वा घरको बहालको कुनै कीसिमको दर्बीलो मापदण्ड छैन । यो बिसयमा सरकार बोल्दैबोल्दैन १ अनि घरभाडालाइ नीयमन र कडाइ गर्ने कुनै निकाय नै छैन १
तसर्थ काठमाडौंका डेरावालहरु कुनैसमयमा राणाहरुको बोलीमा कानुन हुन्थ्यो उनीहरुले जे बोल्यो मान्नैपर्ने अहिले शहरका घरबेटीका बोलीमा कानुन छ कोठा वा घरको बहाल कति भन्ने कुराअहिले घरबेटीको लहड, विचार र दया वा भनै बोलीमा नीर्भर हुन्छ पछिल्लो समयमा घरबेटी हरुले मनोमानी रुपमा भाडा बढाउने चलन ह्वात्तै बढेको छ भने लाखौ लगानी गरि व्यापार गर्नेलाइ चाडै सटर खाली चाडै दबाब दिने काम पनि भैरहेको छ जसले गर्दा उनिहरुको लाखौ लगानी धरापमा परीरहेको छ , घरभाडामा बस्ने घरबेटीले सानोतिनो कुरा पनि किचकिच गरि रहने काम जतासुकै भैरहेको छ १ जसको जबर्जस्त असर सर्वसाधारण तथा विद्यार्थीलाई पनी परिरहेको नै छ १
अन्तमा घरबेटी ज्युहरु तपाईं हरुलाइ मैले लेखेको यो खुल्लापत्र पढदैजादा धेरै ठाउमा हामी बिरुद्ध लेख्यो भनेर चित्त नबुझ्न पनि सक्छ मसङ्ग रिस पनि उठला मानवीयता भन्दा बाहेकको कुरामा परम्परागत वा सामाजिक परिधीमा बस्नु पर्ने जरूरी छैन र अन्यायको बिरुद्ध कलम चलाउदा कोही मेरो बिरुद्ध लाग्छ भने म कानुनको साहायता लीयर डेरा छोडन सम्म पनि तयार रहेको र मैले आफुले बोलेर म जस्ता लाखौको आवाज र पिडाहरु सुनीन्छ भने हासीहासी मर्न पनी तयार रहेको भन्ने बुझेको मैले साहास गरेरै यो पत्र कोरेको हु १
‎हजुरको जो कृपा १

उहीँ तपाईंको डेरावाल १
नाम स्सन्तोष सिम्खडा
स्थाइ ठेगना स् भिमसेन गाउपालीका २ गोर्खा
हाल नयाँ बजार काठमाडौं १