अन्तत ः बदनाम प्रहरी नायब निरीक्षक देवराज शर्मा जिल्ला तानिए

सई शर्मा बिरुद्ध गृहमै उजुरीको थुप्रो

चितवन । ईलाका प्रहरी कार्यालय गैंडाकोटका बदनाम प्रहरी नायब निरीक्षक देवराज शर्मा अन्तत स् जिल्ला तानिएका छन् । उनको बिषयमा धेरै नै गुनासो आउन थालेपछि चार नम्बर प्रदेश प्रहरीले उनलाई शुक्रबार मात्रै जिल्लामा तानेको हो ।

यस अगाडि भण्डाफोर अभियानले सई शर्माको अशुली आतंक अझै रोकिएन भन्ने शिर्षकमा समाचार छापेको थियो । पटक पटक उनको समाचार आएको भन्दै उनले रिपोटर प्रनिश थापा र हामी विरुद्ध नेपाल पत्रकार महासंघ चितवन शाखा लगाएतका निकायमा उजुरी समेत दिन पुगेका थिए । झुठ धेरै दिन टिक्दैन भने जस्तै अन्तत ः चार नम्बर प्रदेश प्रहरीले उनलाई जिल्ला तानेको छ ।

गैंंडाकोट प्रहरी स्रोत बताउँछ स् हामी उनीदेखि आजित थियौं, प्रेस काउन्सिलमा मेरो मान्छे छ भन्दै कार्यालयमा धाकधम्की दिने गर्थे , उजुरीमा पनि उनै अग्रसर हुन्थे, आज उनलाई जिल्लामा तानेको खबर छ अब केही राहत हुन्छ कि ।

उनी देखि कार्यालयमा आजित नहुने प्रहरी कमै मात्रामा होलान् सोही कार्यलयका दर्जन बढी प्रहरी सई शर्माबाट प्रताडित रहेको स्वंय प्रहरी श्रोत बताउँछ । सई शर्माकै लहलहैमा लागी
बिना ठोस प्रमाण प्रहरी निरीक्षक जिसीले आफ्नु पदको दुरुपयोग गर्दै एक महिला प्रहरीलाई कार्बाही गरेका छन् । प्रहरी श्रोतका अनुसार जिल्लाका एसपीको ध्वाँस देखाउदै हिंड्ने प्रहरी निरीक्षकलाई समेत अब सचेत गराउनुपर्छ ।
यस्तै, शुक्रबार नै उनलाई जिल्लामा तानेको औपचारिक जानकारी आए पनि आइतबार बिहान मात्र उनी जिल्ला गएको प्रहरी स्रोत उल्लेख गर्छ । प्रहरीका अनुसार जिल्लाबाट नयाँ सई आएपनि शर्माले अझै गैंडाकोट नछाडेको र उनलाई प्रहरी निरीक्षक जिसीको समेत भरपुर साथ रहि आएको प्रहरी स्रोत बताउँछ ।
पटक पटक लामो समयदेखि काज गराई दुई नम्बरी गतिविधिलाई पुर्णतः संरक्षण गराउदै आएका शर्माको बिषयमा अहिलेसम्म पाँच निकायमा उजुरी परिसकेको छ ।
स्रोतका अनुसार उनी विरुद्धमा संघीय प्रहरी इकाई कार्यालय गण्डकी , गृह मन्त्रालय , प्रहरी मुख्यालय र चार नम्बर प्रदेश हुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्म उजुरीको ठेली परिसकेको स्रोत उल्लेख गर्छ । यस बिषयमा प्रहरी मुख्यालय र गृह मन्त्रालयमा समेत उजुरीको ठेली परिसकेको गृह स्रोत बताउँछ ।

शर्माको बिषयमा हेल्लो गृहको हटलाइन नम्बर ०१४२११२०८ मा सम्पर्क गरी बुझ्दा उनको गुनासो आउने क्रम अझै नरोकिएको गृह स्रोत बताउँछ । यस्तै , प्रहरी मुख्यालयको आइजी सचिवालयमा समेत उनको अशुली आतंकको बिषयमा सूचना पुगिसकेको स्रोत दाबी गर्छ ।
स्रोतका अनुसार आइतबार मात्रै पुनः शर्माले प्रहरी जवान बिरेन्द्र लामा र रिषी बानिँयालाई परिचालन गरेर अशुली धन्दालाई तीव्रता पारेको र यस्तो कार्यमा कार्यालयकै प्रहरी निरीक्षक दिवश जिसिले संरक्षण गर्ने गरेकोले सई शर्मा माथि प्रहरी मुख्यालयमै तानी आवश्यक अनुसन्धान हुनुपर्ने ब्यबहोरा सहितको उजुरी परेको खुल्नमा आएको छ ।

उता, अख्तियार मा समेत उनको उजुरीको ठेली नै परेको छ । अख्तियार स्रोतका अनुसार ०६२र०६३ सालमा उनी चितवनमा हुँदा उनी विरुद्ध दुई पटक र आ.व . ०७४र०७५ सम्म आइपुग्दा उनको गुनासो को संख्या ५ पुगेको सकिसकेको हो । त्यस्तै , ४ नम्बर प्रदेश र संघीय प्रहरी एकाइ कार्यालय गण्डकीमा समेत उनको शुक्रबार मात्रै तीन वटा उजुरी परेको स्रोतले बताएको छ ।

अझै बुझ्न नसकिएको कुरो त यी पाँच निकायमा उजुरी परिसकेको बदनाम प्रहरी अधिकृतमाथि छानबिन प्रक्रियामै रहेको अवस्थामा समेत एउटा इमान्दार, कर्तव्यनिष्ठ प्रहरी अधिकृत प्रहरी निरीक्षक दिवश जिसीले काखी च्याप्नुको कारण अझै रहस्यमय बन्न पुगेको छ ।

बारम्बार बिवादमा तानिदै आएका शर्मालाई पाँच नम्बर प्रदेश अन्तर्गतको दरबन्दीमा फिर्ता गर्नुको सट्टा जिसीले काखी च्याप्नु गलत भएपनि उनले कतै शर्मा सँगै असुली धन्दामा हिस्सेदार रहेकाले यस्तो गरेका हुन कि भन्ने आम चर्चा बढेको छ ।

सई शर्मा माथि के के छन त् आरोप ?
ईलाका प्रहरी कार्यालय अमानीगंज नवलपरासी दरबन्दी भई सोही कार्यालयमा काज खटिएका प्रहरी नायब निरीक्षक देवराज शर्माको कारण गैंडाकोटमा प्रहरीको अशुली धन्दाले निरन्तरता पाउदै गएको छ ।

इमान्दार प्रहरी अधिकृत रूपमा मानिएका प्रहरी निरीक्षक जिसी समेत बिवादास्पद प्रहरीद्वय शर्माकै कारण बदनाम हुँदै गएका छन् ।
कार्यालयकै प्रहरी प्रमुख नै अरुको कुरा सुन्ने र बदनाम प्रहरीलाई मात्रै काखी च्याप्ने , दरबन्दीमा पठाउन आलटाल गर्नुका साथै, अनुसन्धान एवं प्रमाण बिना नै शक्ति र पदको दुरुपयोग गर्दै नियमावली बिपरित अघि बढ्दै हिंड्ने गर्दा शर्मा संरक्षणमा प्रहरीको असुली धन्दाले प्रश्रय पाउदै गएको छ ।

यस अघि घुमुवाको नेतृत्व गर्ने प्रहरी हवल्दार बिजय यादवलाई कार्वाही भएपनि प्रहरी जवान लामालाई भने शर्माले नै बचाउ गर्दै आएका थिए । लामा अनुसन्धानमा तानिए आफू फस्ने भयले उनले यो जुक्ति अपनाएका हुन् ।
बर्दघाट सुस्ता पश्चिम् नवलपरासी अमानीगञ्ज दरबन्दी भई सोर्सफोर्सकै आधारमा उनले तीन पटक मात्रै काज गराइ गैंडाकोट मात्रै बस्न सफल भए । यहाँका पुरानो बासिन्दा र तस्करसंँग समेत अत्यन्तै नजीकको सम्बन्ध बनाएका शर्माले जागिरमा प्रवेश गरेदेखि नै १६ बर्षसम्म चितवन मात्रै बसेर अकुत सम्पत्ति आर्जन गरेका छन् ।

तस्कर मफिया, गुण्डासित नाजायज सम्बन्ध गाँसेर उनले चितवन जागृती चोकमा तीन तल्ले घर समेत बनाइसकेका छन् । संगठन भित्र कालो धब्बाका रुपमा पहिचान बनाएका शर्माको धेरै नै गुनासो आएपछि गत, चैत ०७३ मै चितवनका तत्कालीन एसपी दिपक थापाले दरबन्दीमा नै फिर्ता गरेका थिए ।
दरबन्दीमा फिर्ता गराएपनि उनले पुनः गैंडाकोटको जिम्मेवारी पाए र गैंडाकोटलाई समेत अस्तब्यस्त बनाए ।
उसो, त कार्यालयमा आउने मुद्दा(मामिलामा समेत आर्थिक मोलमोलाइ गरी त्यसलाई कमजोर बनाइ अनुचित लाभ लिनुको साथै पैसाको डिल गर्ने गरेको चर्चा प्रहरी भित्रै हुने गर्दछ ।

यी त एक प्रतिनिधि उदाहरण मात्रै हुन त्यस्को अलावा सई शर्माले गैंडाकोटमा सञ्चालित लज, होटेल, गैरब्याबसायीक साथै तस्करहरुसंँग समेत रकम असुली गर्दै आएका छन् । कार्यालयमा आउने सेवाग्राहीलाई समेत अनावश्यक दुःख दिने गरेका छन् भने, कतिपय मुद्दा मामिलामा समेत उनैले पैसाको बार्गे्निङ गर्ने र रकम असुली गर्ने गरेका छन् ।

काजमा बसेका उनले विगत देखि बर्तमानसम्म भरपुर फाइदा उठाउदै मौकामा चौका हान्दै आएका छन् । त्यस्तै, गैडाकोटको थुम्सी लगाएतका क्षेत्रका कतिपय होटलहरूमा दिनदहाडै गलत क्रियाकलाप हुने गर्दछ । त्यस्ता होटलहरूबाट समेत उनले मासिक रकम लिने गर्दछन् ।
कार्यालय प्रमुख प्रहरी निरीक्षककै अक्ष्मताका कारण सई शर्माको असुली धन्दा गैँडाकोट क्षेत्रभरी नै आतंकित रूपमा चल्दै आएको छ । त्यस्को अलावा उनले गोरु तस्करबाट समेत मासिक रूपमा मात्रै नभई संख्याका हिसाबले रकम असुल्ने गर्दछन् ।

गोरुको तस्करीको लाइन मिलाउने र सई शर्मासँग सेटिंङ्ग मिलाइदिने काम पुर्वी चितवनको जयमंगलाका रोशनले गर्दैआएका छन् । सेटिङ्गकै आधारमा अहिले पूर्वी नवलपरासी जिल्लामा जम्मा हुने गोरुहरू बंगलादेशसम्म तस्करी हुने गर्दछ ।
त्यस्ता गोरु तस्करबाट समेत सई शर्माले रकम असुल्ने गर्दछन् । त्यस्तै, खाल्टेबाट समेत अहिले व्यापक रूपमा काठ तस्करी भइरहेको छ । सो क्षेत्रबाट काठ तस्करहरुले वनफँडानी गरे बापत उनलाई रकम बुझाउने गर्दछन् ।

त्यतिमात्र होइन जागिरमा प्रवेश गरेयता शर्माको बसाइँ चितवन र गैंडाकोट बाहेक अन्त कतै परेनन् । १८ बर्षको अवधिमा १६ बर्ष चितवन र २ बर्ष गैंडाकोट बिताएका सई शर्माकै संरक्षणमा गैँडाकोट क्षेत्रमा झण्डै एक दर्जन साना ठूला जुवा अखडाहरू खुलेआम रूपमा चलिरहेका छन् ।

ती जुवा अखडाबाट समेत उनले रकम लिने गर्दछन् । कावासोतीका प्रहरी उपरीक्षक सदरमुकाम बस्ने र प्रायः यस क्षेत्रमा कमै मात्रामा मात्रै आउने भएकै कारण त्यस्को भरपुर फाइदा सई शर्माले उठाइरहेका छन् । एसपीसित नजीक भएका उनै प्रहरी प्रमुुुखले नै शर्मालाई संरक्षण गर्दैआएका छन् ।

चार नम्बर प्रदेश प्रहरी कार्यालयले आवश्यक अनुसन्धानका लागी प्रहरी जवान लामालाई प्रदेश तानिएको अवस्थामा शर्माले नै आफू फस्ने भएपछि उनलाई क्षेत्रमा तान्नबाट भनसुन गरी रोकेका थिए । गठित छानबिन टोलीलाई समेत प्रलोभनमा पारी सई देवराज शर्माले प्रतिबेदनमा केही नभेटिएको उल्लेख गर्न लगाई पठाएको समेत बुुुुझिन आएको छ ।