नारायणगढ ( मुग्लिङ्ग सडक खण्डमा टाईम कार्ड लागु गरिने


चितवन , ४ असार । नारायणगढ ( मुग्लिङ्ग सडक खण्डमा टाईम काड लागु गरिने भएको छ । सडक पुर्ण रुपमा सञ्चालनमा आएसंगै सवारी साधनको तीब्र गतिका कारण दुर्घटना बढ्दै जान थालेपछि त्यसको न्युनीकरणका लागी टाईम काडको व्यवस्था गर्नुपर्ने अवस्थामा चितवन प्रशासन पुगेको हो । जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत सहित सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मि प्रसाद बास्कोटा , जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख र जिल्ला ट्राफिक प्रमुख सहितको टोलीले सो सडकको अनुगमन गरेको हो । अनुगमन का क्रममा सवारी चालक तथा स्थानीयसंँग भएको छलफलबाट टाईम काड लागु गर्नुपर्ने निष्कर्शमा पुगेको चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताउनुभयो । सडकमा छेउमा सडक सुरक्षका लागी गर्नुपर्ने कुनै खाले ब्यवस्था नभईसकेको र छेउसम्मै पिच गरिएकोले यात्रामा जोखिम समेत रहेकोले गति नियन्त्रणका लागी टाईम काडको ब्यवस्था गर्नु पर्ने उहाँको तर्क छ । पहिलो तहको कालोपत्रे सकिएपछि जेठ २३ गतेबाट २४ अ‍ै घन्टा सडक सन्चालनमा आएको हो । सडक सन्चालनमा आएपछि साना सवारी साधनले २५ देखी ३५ मिनेटमा सो सडक पार गर्ने गरेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सो सडकमा नियमित मापसे र गति चेकिङ्ग गरिरहेको छ । राडर गनको माध्यमबाट सवारीको गति चेक गर्ने र तीब्र गतिमा गुडेका सवारी साधनलाई कारबाही गर्ने गरेको ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतमले बताउनु भयो । सो सडकमा अधिकतम ४० गति निर्धारण गरिएको छ । आईतबार पनि सोही सडकमा भएको दुर्घटनामा २ जनाको ज्यान गएको छ । असार लागेपछि प्रत्येक दिन दुर्घटना भएको छ । निमार्ण कम्पनिले सडक सुरक्षाका कुनै खाले प्रवन्ध गरेका छैन्न । आयोजनाले तेस्रो तहको कालोपत्रे यहीं आर्थिक वर्षभित्र सक्ने तयारी गरेको छ । अनुगमनका क्रममा तीव्र गतिमा सवारी साधन चलाउने दश जना चालकलाई कारबाही समेत गरिएको छ ।