आज मदन-आश्रित स्मृति दिवस कार्यक्रम गरी मनाईदैं

माओवादी पनि सहभागी हुँदैं

 

३ जेठ, काठमाडौं । २५ औं मदन(आश्रित स्मृति दिवस आज देशभर भव्यताको साथ मनाईदैंछ । अजा आयोजना हुने औपचारिक कार्यक्रमा नेकपा एमाले र उसका भ्रातृ संगठनहरु सँगैं कार्यक्रममा माओवादी केन्द्र पनि सहभागी हुने छ ।

एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुंगामा २०५० साल जेठ ३ गते जिप दुर्घटनामा निधन भएको थियो ।

सोही दिनको सम्झनामा एमालेले पुरानो पार्टी कार्यालय बल्खु, चितवनको दासढुंगालगायतका स्थानमा बिभिन्न कार्यक्रम आयोजना गर्दैछ । बल्खुको कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डसमेत सहभागी हुनेछन् । दुई दलबीच एकता प्रक्रिया अन्तिम चरणमा पुगेका बेला एमाले र माओवादीले सँगै मदन आश्रित स्मृति दिवस मनाउन लागेका हुन् ।

बिभिन्न छानबिन समितिले समेत दासढुंगा काण्डको तथ्य बाहिर ल्याउन सकेको छैन । चालक अमर लामाको समेत काठमाडौंमा हत्या भएपछि दासढुंगा काण्ड झन् रहस्यमय बनेको छ ।

अमर लामाको २०६० साउनमा कीर्तिपुरमा हत्या भएको थियो । हत्यामा तत्कालिन नेकपा माओवादीका कार्यकर्ताहरुको संलग्नता रहेको भनेर एमाले नेताहरुले आरोप लगाउने गरे पनि त्थो हत्या समेत कस्ले गरेको हो भन्ने अझै खुल्न सकेको छैन, जसकारण दासढुङ्का हत्याकाण्ड थप रहस्यमय बनेको छ।