हत्यारा श्रीमानलाई जन्मकैद 


चितवन , ०३ जेठ् । आफ्नै श्रीमतीलाई मरणासन्न हुने गरी कुटपिट गरी हत्या गरेको आरोपमा चितवन जिल्ला अदालतले बुधबार एक जना श्रीमानलाई जन्म कैदको फैसला सुनाएको छ । २०७४ जेष्ठ २१ गते राती घरमा सुतिरहेकी आफ्नै २६ बर्षिया श्रीमती रेखा राउतलाई हत्या गरेको आरोपमा उनका श्रीमान ३५ बर्षका पप्पु राउतलाई न्यायाधीश कुलप्रसाद शर्माको इजलासले जन्मकैदको फैसला सुनाइएको हो । भारत पूर्वी चम्पारण घर भएका राउत मजदुरी काम गर्ने क्रममा भरतपुर–३ स्थित बेलचोकमा भाडामा बस्दै आएका थिए । श्रीमान् श्रीमतीको झगडाको क्रममा पति पप्पुको कुटपिटबाट श्रीमती रेखा गम्भीर घाइते भएकी थिइन् । रेखाको नारायणी सामुदायिक अस्पताल उपचारको क्रममा मृत्यु भएको थियो ।