अबैध कारोबारीहरु र तस्करसँगको प्रहरी साँठगाठ अझै रोकिएन् ।
सई शर्माको तलबले के यो महल खडा होला ?
चितवन÷नेपाल प्रहरी सेवामा र्कायरत एउटा सिपाही, हवल्दार वा अधिकृतको मासिक कमाई कति ? नेपाल सरकारले उनीहरुलाई उपलब्ध गराएको तलब, भता र सुबिधा जोड्दा जति हुन्छ त्यति । प्रहरीको त्यो शुद्ध कमाईबाट घरखर्च कटाएर मासिक वा बार्षिक कति बचत होला, केही रुपँया वा हिसाब बराबर ।
तर के नेपाल प्रहरीका घुमुवा देखि अधिकृत र बरिष्ठ प्रहरीहरु नेपाल सरकारले उपलब्ध गराएको त्यहि तलबमान मै सिमित छन त ? वा अबैध कारोबारीहरु तस्करहरु, गुण्डाहरु सँग गैरकानुनी साँठगाठ गरी अकुत सम्पति कमाईरहेका छन् । कतिपयले बर्दिको आडमा अबैध असुलि धन्दा मच्चाएर कराडौ रुपयाँ बराबरको सम्पति थुपारीरहेका छन् । प्रहरी संगठन भित्र चित्र त्यस्तै देखिन्छ, अधिकृत तहका केही इमान्दारलाई छाडेर बाँकीलाई हेर्ने हो भने देशका ठुला शहर काठमाण्डौंमा घर घडेरी कतिपयको त त्यो पनि एक, दुई, चार हुँदै दर्जन र त्यो भन्दापनि बढी । त्यस्तै बेंक ब्यालेन्स र मिटर ब्याज लगाएतका अबैध कारोबारमा अबैध लगानी । कहाँबाट आए प्रहरीहरुका ति सम्पति ?
हो यस्तै बर्दीको आडमा कमाउ धन्दा सञ्चालन गर्ने प्रवृती भएकाहरुको कारण नै प्रहरी संगठन दिन प्रतिदिन बदनाम हँुदै गईरहेको छ । विभिन्न शक्तिकेन्द्र र संगठनका माथिल्लो तहका हाकिमहको चाकडी गरी एउटै र शहरी तथा भन्सार क्षेत्रमा बषौं बर्ष राज गर्ने यस्ता प्रहरीहरुले कमाउ धन्दाको लागी प्रहरी संगठनलाई नै बदनाम बनाउदै लगेका छन् । सायद यस्तै प्रवृती भएकाहरुलाई ईङ्गित गर्दै नेपाल प्रहरीका आईजीपी सर्बैन्द्र खनालले संगठनभित्रका किराहरुलाई बढारेरै छाडने बताएका थिए ।
आईजीपी खनालले त्यसो भनेपनि प्रहरी संगठनभित्र बर्दीको आडमा अबैध असुली गर्नेहरुको विगगिी नै छ । ३३ किलो सुनकाण्ड लगाएतका दर्जनौ काण्ड त्यस्तै प्रवृती भएकाहरुको कारण भएको हो । अझैपनि संगठन भित्र सुधार हुनुको सट्टा अबैध असुली र आपराधीक गतिविधिले झन्झन् प्रोत्साहन पाउदै गइरहेको छ । कतिपय उच्च अधिकारीकै संरक्षणमा यस्तो गतिविधि मौलाउदै गएको आम विष्लेषण छ । जबसम्म वर्षौदेखि एकै ठाउँमा कार्यारर्त प्रहरीहरुलाई दुर्गम क्षेत्रमा सरुवा गरिँदैन र उनीहरु सेवामा लागेपछी यताको अप्रत्याशित सम्पतिको बारेमा छानविन गरी काबाही गरिदैन, तबसम्म खराब प्रवृतीका प्रहरीहरूले आफ्नो असुली धन्दालाई चालु नै राख्नेछन् ।
यसरी प्रहरी सेवामा लागेर अप्रत्याशित सम्पति कमाएकाहरुमा बर्दघाट सुस्ता पश्चिम् अन्तर्गतको ईलाका प्रहरी कार्यालय अमानीगंज नवलपरासी दरबन्दी भई नवलपरासीकै बर्दघाट सुस्ता पुर्ब ईलाका प्रहरी कार्यालय गैँडाकोटमा कार्यरत सई देवराज शर्मा पनि एक हुन् । राजनितीक सोर्सफोर्सका आधारमा तीन पटकसम्म काज मिलाएका सई देवराज शर्मा लामो समयदेखि चितवन र नवलपुर खण्डमा कार्यरत छन् । जागिरमा प्रवेश गरेदेखि नै लगातार १६ बर्षसम्म चितवन मात्रै बसेका शर्माले तस्करहरुसंँग नजीकको सम्बन्ध बनाएको चर्चा यसअघि नै विभिन्न सञ्चारमाध्यममा आईसकेको छ ।
तस्कर र माफियासित नाजायज सम्बन्ध गाँसेको आरोप लाग्ने गरेका शर्माले चितवनको भरतपुर १२ जागृतीचोकको लक्ष्मीटोलमा तीन तल्ले घर बनाएका छन् । नेपालकैं महङ्गो मध्यको एक शहर भरतपुरमा तिनतले घर शर्माले के प्रहरीको जागीरको कमाईबाट मात्रै बनाएका हुन् या अबैध कारोबारीहरुसँगको नाजायज सम्बधको आधारमा भन्ने कुरा अहिले चितवन र आसपासको क्षेत्रमा निकै चर्चाको विषय बनेको छ । शर्माको विरुद्ध धेरै नै गुनासो आएपछि गत, चैत ०७३ मै चितवनका एसपी दिपक थापाले उनलाई गैंडाकोट पठाएका थिए । तर गैंडाकोटमा समेत उनले कार्यालयमा आउने मुद्दा मामिलामा आर्थिक मोलमोलाइ गरी त्यसलाई कमजोर बनाइ अनुचित लाभ लिने गरेको आरोप छ । शर्मा लामो समयदेखि मुद्धाफाँटमा बस्ने र आफु अनुकुल काम गर्ने गरेको स्वंय पिडितहरुको गुनासो छ ।
गत् पौंषमा गैंडाकोटको होटल गार्डेन हुक्का बार एण्ड रेष्टुरेण्टमा दुईजना युवतीलाई राखि बेश्यावृती गराएको अवस्थामा प्रहरीले सो होटलबाट २ युवती सहित ४ जनालाई पक्राउ ग¥यो, तर होटल सञ्चालकलाई हालसम्मपनि पक्रिएको छैन् । सो बारबाट शर्माले घुमुवामार्फत मासिक लिने गरेको श्रोतको दाबी छ । शर्मा कार्यलयको कार्यबाहक भएको अवस्थामा गैंडाकोटमा व्यापक असुली बढेको थियो । त्यो असुली धन्दामा घुमुवा प्रहरी विजय यादव सक्रिय थिए । पछी उनलाई प्रदेश प्रहरीले काबाही ग¥यो तर कार्यालय प्रमुख शर्मालाई अनुसन्धान नै भएन् ।
गैडाकोटमा लामो समयदेखि मोटरसाईकिल चोरी गर्ने गिरोह अझैं सक्रिय छ । काठ तस्करी झन बढेको छ । देवघाट पारी नवलपरासीको जंगलबाट तस्करहरुले ट्यूवमा काठ बाँधी नारायणीमा बगाईरहेको भएपनि गैडाकोट प्रहरीले तस्करहरुलाई किन समाउन सकेको छैन् ? गैडाकोटको विभिन्न भागमा अहिले पनि अबैध जुवाखाल सञ्चालन भईरहेको स्थानियको गुनासो आईरहेपनि किन प्रहरी मुकर्दशक बनिरहेको छ ? गैडाकोट नगरक्षेत्रमा पछिल्लो बर्षमा विकृती विसंगति र लागुऔषध कारोबारी बढिरहेपनि प्रहरी कार्बाही किन प्रभावकारी हुन सकिरहेको छैन् । यि सबै विकृती र अपराध मौलाउनुमा गैडाकोट प्रहरीको कम्जोरी रहेको स्थानियहरु बताँउछन । लामो समय चौंकी ईन्चार्ज भएका शर्मा कै कारण गैडाकोट प्रहरी बदनाम हँुदै गएको स्थानियको आरोप छ ।
गैडाकोट र नारायणगढ भरतपुरका स्थानियहरु भन्छन् शर्मा सँधै यस क्षेत्रमा किन् ? सई शर्माको तलबले के यस्तो भव्य महल खडा होला ? प्रहरी संगठनमा रहि बर्दिको दुरुपयोग गरी अकुत सम्पति कमाउनेहरुको विरुद्ध कहिले छानविन हून्छ ? आम नागरिकहरुको यो प्रश्न अहिलेसम्म अनुतरित नै छ ।
यसैविच, भण्डाफोर अभियानमा गत् अंक सई देवराज शर्माको समाचार प्रकाशन भएपछि उनी अत्तालिन शुरु गरेका छन् । समाचार प्रकाशन भएलगत्तै उनले आफ्नो भाई जो सत्तारुढ दल एमाले निकट पत्रकार संगठन प्रेस चौंतारीका केन्द्रिय तहमा छन्, उनैको सल्लाहमा नेपाल पत्रकार महासंघ चितवन शाखा कार्यालय लगाएतका स्थानमा पत्रिका र पत्रकार प्रनिश थापाविरुद्ध उजुरी हालेका छन् । यता सई शर्माले गर्दा गैडाकोट प्रहरी बदनाम भएको महशुस गर्दै कार्यालय प्रमुख प्रहरी निरिक्षक दिबस बहादुर जिसीले केहीदिन देखी आफै मुद्धाफाट सम्हालेको गैंडाकोट प्रहरी श्रोतले जानकारी दिएको छ ।