Breaking News

चीनले बनायो तीन देशलार्इ जोड्ने विश्वकै सबैभन्दा लामो अर्को समुन्द्री पूल

एजेन्सी । चीनले संसारकै सबैभन्दा लामो समुद्री पुल बनाएको छ । २० विलियन लागतमा चीनले ६ लेनको ५५ किलोमिटर समुुन्द्री पुल निर्माण गरेको हो।

यो पुलले तीन देश चीन, हङकङ र मकाउलाई जोड्नेछ। अब लगभग एक घण्टामा मकाउबाट हङकङ पुग्न सकिने छ। पुलमा दैनिक चार हजार सवारी गुड्ने अनुमान गरिएको छ। जसमा १० मिनेटको फरकमा बस चल्न सक्ने छन्।

यो पुल निर्माण गर्न सन् २००३ मा अध्ययन थालिएको थियो। चीनले यति ठूलो आयोजना बनाउन सक्दैन भनेर विभिन्न खालका विवादसमेत भएका थिए। तर, ती सबै विवादलाई चिर्दै चीनले यो पुल बनाएर देखाएको हो।

हङकङ–झुहाई–मकाउ पुल परियोजनाका सहायक निर्देक गुओ जिङलिनले यो पुल निर्माण सम्पन्न हुँदा निकै गर्व महसुस भइरहेको बताएका छन्। साउथ सीमाका बारेमा चीन, हङकङ र ताइवानबीच तनाब जारी छ। चीनले साउथ सीमा आफ्नो दाबी गरिरहेका छ।

पुल निर्माण क्षेत्रीय प्रभाव विस्तार गर्ने चिनियाँ रणनीति भएको आलोचकहरूले टिप्पणी गरेका छन्। पुल निर्माणका बारेमा पर्यावरण र ठूलो वित्तिय लागतका बारेमा समेत उनीहरूले प्रश्न उठाइरहेका छन्।

६ लेनको उक्त पुलमा र चार सुरूङ छन्। जसमा एक सुरूङ पानी मुनिबाट बनाइएको छ। चीनले यो पुल बनाउनका लागि चार कृति आइसल्याण्ड समेत निर्माण गरेको छ। मिडिया डट कमका अनुसार यसलाई धेरैले इन्जिनियरिङ आश्चर्य समेत भनेका छन्।

यो पुल निर्माण गर्न ४ लाख २० हजार टन स्टिल प्रयोग गरिएका छन्। जसले ६० वटा एफेल टावर बनाउन पुग्छ।

sahid diwas