प्रहरी नेकपा विप्लव समूहविच डोल्पामा भिडन्त

प्रहरीको कब्जाबाट एक कार्यकर्ता लैजान सफल

डोल्पा, वैशाख ३१– प्रहरी र नेकपा विप्लव समूहका कार्यकर्ता विच डोल्पामा भिडन्त भएको छ । नेपाल बन्दको सिलसिलामा हिजो आइतबार पक्राउ परेका आफ्ना कार्यकर्तालाई लैजनान लागेको प्रहरीको स्कर्टिङ टोलीमाथि सोही दलका अन्य कार्यकर्ताले आक्रमण गरी उनीहरुले छुटाएर लगेका छन् ।
नेपाल बन्दका क्रममा बजार बन्द गराउँदै हिँडेको अवस्थामा त्रिपुरासुन्दरी नगरपालिका त्रिपुराकोट बगरबजारबाट डोल्पा मुड्केचुला गाउँपालिका–९ घर भएका उक्त दलका जिल्ला सदस्य सागर शाहीलाई त्रिपुराकोट प्रहरीले पक्राउ गरेर राखेको थियो ।

आज बिहानै प्रहरी चौकीबाट स्कर्टिङ गरेर सदस्य शाहीलाई जिल्ला प्रहरी कार्यालय दुनैतर्फ लैजाँदै गर्दा ठूलीभेरी नगरपालिका–९ अन्तर्गत पर्ने भेत्तिडाँडोमा उक्त दलका जिल्ला इन्चार्ज अजित विष्टको नेतृत्वमा आएको पाँचजनाको समूहले प्रहरी हवल्दार धनसिं कठायत र प्रज जयलाल बस्नेतमाथि आक्रमण गरी शाहीलाई छुटाएर लगेको प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए ।