वरण्डाभार क्षेत्रमा ४० बाख्रा हस्तान्तरण

किसानलाई प्रशिक्षण कार्यक्रम पनि

वरण्डाभार उपभोक्ता समितिले ४० ओटा बाख्रा हस्तान्तरण गरेको छ । मध्यवर्ती भित्र वसोवास गर्ने विपन्न परीवारको आयआर्जन क्षमता बढाउने उद्धेश्यले वाख्रा वितरण गरिएको वरण्डाभार उपभोक्ता समितीका अध्यक्ष देवराज सापकोटाले बताउनु भयो । बैशाक २७ गते स्थानीय सहित बरण्डाभार उपभोक्ता समितिको सहभागीतमा खरी जातका बाख्रा ४० घर धुरीलाई वितरण वितरण गरिएको थियो । बाख्रा वितरण गरिएका उपभोक्तालाई समितिले आज (आइतवार) बाख्रा पालन र व्यवस्थापन सम्बन्धि तालिम पनि दिएको छ । पशु सेवा केन्द्र गीतानगरका प्रमुख युवराज पौडेलले बाख्रा पालक किसानलाई प्रशिक्षण दिनु भएको थियो । वरण्डाभार उपभोक्ता समितिले मध्यवर्ती क्षेत्रमा वसोवास गर्ने कृषकहरुको आयआर्ज क्षमता वृद्धिको लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।