अरुण तेस्रोमा नेपाल नराम्रोसँग यसरी ठगिदैछ ! बूढीगण्डकी पनि हात पार्ने भारतीय चाल

काठमाडौं, २८ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीले आज शनिबार संयुक्त रुपमा शिलान्यास गर्ने तयारी गरिएको अरुण तेस्रो जलविद्युत आयोजनामा पनि नेपाल नराम्रोसँग ठगिएको खुलासा भएको छ ।

लगानी बोर्डले भारतको सरकारी कम्पनी सतलजलाई हालै निर्माण लाइसेन्स दिएको उक्त आयोजनामा हुने लगानी रक मभने अहिलेसम्म जुटेको छैन । लगानी रकम जुटाउँनै ६ महिनाको समय दिइएको आयोजनाको शिलान्यास गरेर मोदीले राजनीतिक नौटंकी त गरेकै छन् उनको नौटंकीलाई प्रधानमन्त्री ओलीले समेत साथ दिएका छन् ।

कुल ९ सय मेगावाटको अरुण तेस्रो आयोजनाबाट नेपालले जम्मा १ सय ९७ मेगावाट बिजुली पाउने छ । बाँकी बिजुली कम्पनीले भारतमा बेच्ने छ । नेपालले पाउने बिजुलीका लागि नेपालले प्रति मेगावाट ५० लाख रुपैयाँ तिर्नुपर्ने छ । नेपालले १० वर्षसम्म शतप्रतिशत कर छुट दिने छ भने अर्को ५ वर्ष आयकरमा ५० प्रतिशत छुट दिने छ ।

कुल १०४ अर्ब रुपैयाँ लगानी हुने उक्त आयोजनाले निर्माण सामग्री सबै भारतबाट आयात गर्ने छ । भने ती सामग्री ल्याउँदा नेपालले ५० प्रतिशत भन्सार छुट दिने छ । सिमेन्ट, रड, स्टिल जस्ता निर्माण सामग्री मात्रै होइन दक्ष अदक्ष जनशक्ति पनि भारतबाटै ल्याईने छ ।

अझै रोचक त के छ भने ५ वर्षको निर्माण अवधि भर बन्द, हडताल, विपत्ति, प्राकृतिक प्रकोप,चाडवाडका कारण २१ दिन भन्दा बढि समय काम रोक्नु पर्ने छ । आयोजना २५ वर्षपछि मात्रै नेपालको स्वामित्वमा आउने सम्झौतामा उल्लेख छ ।

बूढीगण्डकी हात पार्ने भारतीय चाल
चिनियाँहरुको हातबाट खोसिएको बूढीगण्डकी आयोजनामा पनि भारतले आँखा लगाएको थाहा भएको छ । त्यसमाथि प्रधानमन्त्री केपी ओलीको जल मार्गको ज्वरो त भारतीयहरुका लागि के खोज्छस काना आँखा जस्तो भएको छ ।

प्रधानमन्त्री ओलीले गत महिना भारत पुगेर नेपाललाई मार्गबाट जोड्ने प्रस्ताव राखेपछि भारतीयहरुले दिमाग घुमाएको बताइन्छ । नेपालमा जनमार्गको संभावना तीनवटा नदीबाट मात्रै संभव छ । कोशी, गण्डकी र कर्णाली ।

भारतीयहरुले भने सबैभन्दा संभाव्यता गण्डकी र नारायणी मार्फत हुने बताइरहेका छन् । उनीहरुले तत्काल कोशी व्यारेगको विकल्प नहुने र उक्त ब्यारेज नभत्काई जलमार्ग संचालन नहुने तर्क गरेका छन् । बरु गण्डक ब्यारेज भत्काएर पानी व्यवस्थापन गर्न सकिने उनीहरुको तर्क छ ।

नारायणी मार्फत जलमार्ग संचालन गर्न हिउँदमा पानी कम हुनसक्ने भन्दै जलाशयमुक्त बूढी गण्डकी आयोजनाले हिउँदको पानी आपूर्ति गर्ने भारतीय तर्क रहने गरेको बुझिएको छ, नेपालीपत्रमा उल्लेख छ ।

बूढी गण्डकी आयोजना बनाएर हिउँदमा संचालन गर्दा त्यहाँबाट बर्खायामको त्रिशुलीको जति पानी आपूर्ति हुन्छ । जसबाट नारायणीमा बाह्रैमास पानीको कमी हुने छैन र जलमार्ग निर्वाध चल्ने छ । भारतीयहरुको यस्तो तर्कको पछाडी बूढी गण्डकी हात पार्ने नियत रहेकोमा शंका छैन ।