अदालतको फैसलालाई चुनौती दिने नक्कली डाक्टर पुनः काममा फर्किए ।

चितवन । यी महाशय चाहिँ हुन् : नक्कली चिकित्सक ! हो , विशेष अदालतले २०७४ चैत ०२ गते नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा चिकित्साशास्त्र पढेको आरोपमा ६ महिना कैद सजाय सुनाइएका साथै, दस हजार रुपैयाँ जरीवाना फैसला सुनाइएका सुनिल आचार्य हुुुन् यिनी । अदालतले सजाय सुनाए तापनि आचार्यले अहिले पनि आफूलाई बरिष्ठ स्त्री तथा प्रसुती एवम् प्रजनन रोग विशेषज्ञको रहेको भन्दै अहिले पनि नियमित रुपमा बिरामी जाँचेको छ नै हजारौंको स्वास्थ्यमाथि खेलवाड समेत गर्दै आइरहेका छन् । अझै अनौठो कुरा त के भनें, उनलेे भरतपुर १० स्थित अस्पताल रोडमा रहेको जिल्ला प्रहरी कार्यालय चितवन अगाडि रहेको प्रगती पोलिक्लिनिक सञ्चालनमा ल्याएता पनि नियमक निकाय बने रमिते छन् । यस बिषयमा आचार्य सित प्रतिक्रिया माग्दा उनलेे विशेष अदालतको पूर्ण पाठ नआइसकेको र पुनरावेदनका लागि सर्वोच्च जाने ठाउँ रहेकाले अन्तिम फैसला नहुँदासम्म आफूले यो पेशा गर्ने गरेको बताए । यता , चितवन जिल्ला प्रहरी कार्याालयका प्रहरी प्रमुख दीपक थापाले सोको बिषयमा आफूले पनि सुनेको र तत्कालै घट्ना बारे आवश्यक अनुसन्धान गरि कार्वाही गरिने आश्वासन दिलाए । २०७२ फागुन महिनामा पक्राउ परी आचार्य विरुद्ध नक्कली प्रमाणपत्र लिएको भन्दै विशेष अदालतमा र ठगी आरोपमा चितवन अदालतमा मुद्दा दर्ता भएको थियो । ठगी मुद्दामा चितवन अदालतले सफाइ दिए तापनि उनलाई विशेष अदालतले नक्कली प्रमाणपत्र लिएकोमा ६ महिना कैद र र १० हजार रुपैयाँ जरिवाना सुनाएको थियो । आईएस्सी प्रमाणपत्र नक्कली भएकै आधारमा उनी माथि मुद्दा चलाइएको थियो । नेपाल मेडिकल काउन्सिलसितको समन्वयमा दुई वर्ष अघि चितवन पर्सा लगायतका जिल्लाह्ररुबाट सिआईबीले नक्कली चिकित्सकको आरोपमा १५ जनालाई पक्राउ गरेको थियो ।