बस्ती ब्याबस्थापनको माग राख्दै स्थानीयद्वारा माडी नगरपालिकामा अनिश्चित धर्ना

चितवन , २६ चैत । पश्चिम् चितवनको माडी नगरपालिकामा बुधबार देखि अनिश्चितकालका लागी धर्ना गरिएको छ । बस्ती व्यस्थापन एवम् संघर्ष समिति बाँदरझुल्ला चितवनले नगरपालिकाका उपप्रमुख तारा कुमारी काजी महतोलाई ज्ञापन पत्र बुझाउदै संघर्ष समिति अध्यक्ष राजकुमार प्रजाले समस्या सामाधान नभएसम्म आन्दोलन जारी राखिने जानकारी दिएका हुन् । उनीहरुले बस्ती व्यवस्थापन एवं संघर्ष समिती बाँदरझुल्ला चितवनले वन तथा बस्तीको सीमा छुट्याई विद्युतिय तारबार ९सोलार फेन्सिङ० लगाइनु पर्ने ,वस्तीमा बग्ने ठाडा खोलाहरुमा तटबन्धन गरी बस्तीको संरक्षण गरिनु पर्ने,यातायात का साधनहरु बस्तीमा सञ्चालन हुन पाउनु पर्ने र बगहीदेखि कुसुमखोला हुँदै बाँदरझुल्ला जाने बाटो डोजर लगाएर बनाइनु पर्ने लगायतका मागहरु राखी आन्दोलनमा उत्रिनुपरेको सचिव मोहन स्याङयतान बताउनुहुन्छ ।