सहकारीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा सहकारी मन्त्री लामाको जोड


चितवन,बैशाख २४( प्रदेश नम्बर ३ का भूमि ब्यवस्था,कषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले सहकारी संस्थालाई उत्पादनमूलक र आर्थिक उपार्जनको क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् । । आज (सोमवार) नारायणगढमा राष्ट्रिय सहकारी बैंकको शाखा उद्घाटन गर्दै मन्त्री लामाले सहकारी क्षेत्रलाई समृद्ध अर्थतन्त्र विकासमा सहयोगका लागि आग्रह समेत गरेका छन् ।

देश संघीयतामा गएसँगै स्थानीय तहमा नागरिकको सेवा गर्न र आर्थिक गतिविधिलाई वढावा दिन सहकारी आवश्यक रहेको भन्दै उनले अर्थतन्त्रको प्रमुख आधारका रूपमा रहेको सहकारी क्षेत्रबाट मुलुकको अर्थतन्त्रलाई मजबुत बनाउन लाग्नुपर्ने बताए । “केन्द्रदेखी जिल्लासम्म सहकारीले काम गर्दै आएका छन् मन्त्री लामाले भने,गरिव किसान र सुकुम्बासीको समेत हित हुनेगरी सहकारीले काम गर्नुपर्छ ।” उनले सहकारी नडुव्नेगरी सस्तो व्याजदरमा किसानलाई ऋण दिन सक्नुपर्ने बताए । प्रदेश सरकार सहकारीलाई व्यवस्थित बनाउने कानुन निर्माणको तयारीमा रहेको मन्त्री लामाले जानकारी दिए ।

नारायणगढ शाखा राष्ट्रिय सहकारी बैंक को ४२ औं शाखा हो ।