भिषण हावाहुरीका कारण चितवनमा दुईको मृत्यु, दुई जना घाईते


चितवन, वैशाख २४–

आईतबार साँझ आएको हावाहुरीका कारण चितवनमा दुई जनाको मृत्यु भएको छ भने थप दुई घाईते भएका छन् ।

हावाहुरीको कारण भरतपुर महानगरपालिका–१, रामनगरस्थित सतनचुली सामुदायिक वनमा एक महिलाको ज्यान गएको छ । घाँस दाउरा लिन गएकी स्थानीय वर्ष ४१ की सितली श्रेष्ठको रुखले किचेर घटनास्थलमै ज्यान गएको हो । उनको शव भरतपुर अस्पतालमा राखिएको छ ।
त्यस्तै, जिल्लाको इच्छाकामना गाउँपालिका–७ चिसोपानी भन्ने स्थानमा काठ कटानमा टेण्ट टाँगेर बसेको बेला चलेको ठूलो हावाहुरीका कारण रुख ढलेर किच्दा स्थानीय एक जनाको घटनास्थलमै ज्यान गएको हो । सो घटनामा परी दुई जना घाईते समेत भएका छन् ।
रुखले किच्दा इच्छाकामना–७ चिसोपानी बस्ने वर्ष ४०र४१ कर्णबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनीसंगै रहेका स्थानीय वर्ष २४ शिव गुरुङ र वर्ष २४ का शिव थापा मगर घाईते भएका छन् । उनीहरुको भरतपुर अस्पतालमा उपचार भईरहेको छ । उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।