क्षेत्रपुरमा रहेको श्रीशेष लक्ष्मीनारायण मन्दिरमा श्रीमद्भागवत कथा वाचन सुरु

 


चितवन, २३ बैशाख । भरतपुर महानगरपालिका वडा नम्बर २ क्षेत्रपुरमा रहेको श्रीशेषलक्ष्मीनारायण मन्दिरमा श्रीमद्भागवत विराट सप्ताह ज्ञानमहायज्ञ सुरु भएको छ ।
शनिबार उद्घाटन भएको महायज्ञमा सोमबारदेखि भागवत वाचन सुरु भएको हो । मन्दिरमा निर्माणधिन बहुउद्देश्यी भवन निर्माण सम्पन्न गर्नको लागि महायज्ञ लगाइएको प्रचार प्रसार संयोजक नवराज ढकालले बताए । आगामी बैशाख ३० गतेसम्म सञ्चालन हुने श्रीमद् भागवत विराट सप्ताह ज्ञान महायज्ञमा राजस्थान संस्कृत विश्वविद्यालयका प्राध्यापक डाक्टर पुरुषोतमाचार्य नेपालले कथा वाचन गरेका छन् ।
महायज्ञमा १००८ स्वामी बालकृष्णाचार्यको संरक्षकत्वमा कथा वाचन सुरु भएको छ । महायज्ञमा दैनिक रुपमा बिहान साढे छ बजे पूजापाठ आरम्भ सहित दीप कलस तथा लक्ष्मीनारायण पूजा हुने सात बजेदेखि १० बजेसम्म श्रीमद्भागवतमहापुराणको मूलपाठ परायण हुने, ११ बजेदेखि मध्यान्न १२ बजेसम्म विद्वान् सन्तहरुबाट विशेष प्रचनका साथै मध्यान्न १२ बजेदेखि अपरान्ह चार बजेसम्म प्राध्यापक डाक्टर पुरुषोत्तमाचार्यबाट भक्तिसंगितमय दार्श्निक महापुराण कथा प्रचन भइरहेको ढकालले बताए ।
साँझ सात बजेदेखि राति १० बजेसम्म महायज्ञ अवधिभरी विशेष भजनकीर्तन महात्म्य भइरहेकोले भक्तजनहरुलाई लक्ष्मी बेंकटेश मन्दिरमा उपस्थित भएर कथा श्रवण गरि पूण्य आर्जनका साथै सक्दो दान गर्न समेत ढकालले आग्रह गरेका छन् । महायज्ञमा भक्तहरुको उल्लेख्य सहभागिता रहेको ढकालको भनाइ थियो । महायज्ञ सम्पन्न गर्न करिव २० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । सप्ताह आयोजनाको लागि एक हजार एक सय एक जनाको मुल आयोजक समिति, ३१ सदस्य कार्यसम्पादन समिति तथा १३ वटा उपसमिति निमार्ण गरिएको ढकालले बताए ।