भू उपयोग नीति ल्याउने मन्त्री खनालको प्रतिबद्धता

चितवन २२ वैशाख । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले अवको दुई वर्ष भित्रमा कृषिजन्य वस्तुको आयातलाई प्रतिस्थापन गर्ने गरी काम भइरहेको बजानकारी दिएका छन् ।

आज शनिबार यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, “अहिले नेपालमा ९३ प्रतिशत कृषिजन्य वस्तु आयात भएको छ, दुई वर्षमा माछा, कुखुरा, गहुँ, फलफूल लगायतका उत्पादनमा आयात प्रतिस्थापन गर्ने गरी सरकारले काम गरिरहेको छ । ”
मन्त्री खनालले अब पनि भूमि व्यवस्थापन गर्न नसकेको खण्डमा कृषि क्षेत्रमा ठूलो समस्या आउने बताउँदै भूमिलाई वर्गिकरण गर्नु आवश्यक रहेको बताए ।

जमिन खण्डीकरण हुँदा खेतीयोग्य जमिन सकिँदैं गएको भन्दै उनले यसलाई रोक्नका लागि भू उपयोग नीति तथा भू–नीतिको तयारी भइरहेको जानकारी दिए ।