चितवनमा नेकपा विप्लव समूहको बन्दको पूर्ण प्रभाव देखियो ।

चितवन, वैशाख २२–

बर्तमान संसदीय व्यबस्थाबाट जनताको मुक्ति नहुने भन्दै बिद्रोह गरिरहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको प्रभाव चितवनमा पनि पूर्णरुपमा परेको छ ।

बन्दका कारण बजारहरु बन्द भए् भने जिल्लामा लामो तथा छोटो दुरीका सवारी साधनहरु चल्न सकेनन् । भरतपुर, रत्ननगर,पर्सा,भण्डारा,मुग्लीनलगायतका क्षेत्रमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको थियो । बन्द कर्ताहरु कोही पनि सडकमा देखिएनन् तर बन्द भने पूर्ण रुपमा रहयो । विप्लवले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई सरकारले धरपक्कड गर्न थालेको भन्दै विरोध स्वरुप र मोदी भ्रमणको विरोधमा बन्द गरेको यस अघि नै जनाईसकेको छ ।
चितवनमा त्यस्तो ठुलो कुनै अप्रिय घटना नघटेपनि विहान भने पूर्वी चितवनको राप्ती नगरपालिकास्थित उपमेयर इमानसिंह लामाको घर नजिक बम विस्फोट भएको थियो ।