नेकपा विप्लव समूहद्धारा वैशाख २२ गते नेपाल बन्दको घोषणा


काठमाडौँ,बैशाख १९(

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी वैशाख २२ गते नेपाल बन्दको आह्वान गरेको छ । सो पार्टीले विज्ञप्ति जारी गर्दै बन्दको आह्वान गरेको हो । नेपाल कम्युनिष्ट पार्टीले वर्तमान सरकार र बामगठवन्धनले जनताको संघर्षबाट प्राप्त उपलब्धिहरु खोसेको, भ्रष्टाचारीलाई संरक्षण गरेको, देशको सिमा मिचिदा पनि चुप बसेको लगायतका आरोप लगाउँदै नेपाल बन्दको आह्वान गरेको हो ।

पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,“विचार राख्ने सभाजुलसु गर्ने अधिकारमाथि पनि प्रतिबन्ध लगाउँदै गएको छ भने भष्ट्राचारी, कालोबजारी र राष्ट्रघातीहरुलाई संरक्षण गरिरहेको छ” । बन्द कार्यक्रमलाई सफल बनाइदिन पार्टीले सम्पूर्ण जनसमुदायलाई आव्हान पनि गरेको छ ।