तीन नम्बर प्रदेशमा प्रदेश स्तरीय सुरक्षा गोष्ठी हेटौंडामा चल्दै

मकवानपुर, वैशाख १८ –

गृह मन्त्रालयको आयोजनामा मंगलबार बिहानबाट तीन नम्बर प्रदेशमा प्रदेश स्तरीय सुरक्षा गोष्ठी हेटौंडामा सुरु भएको छ । गोष्ठीको उद्घाटन गृहमन्त्री रामबहादुर थापा बादलले गरेका हुन् ।
गोष्ठिमा प्रदेशका १३ वटा जिल्लाका चारवटै सुरक्षा निकायका प्रमुखहरु, क्षेत्रीय स्तरका प्रमुखहरु सहितको उपस्थिति रहेको छ । मंगलबार दिनभर चल्ने गोष्ठीमा प्रदेशको सुरक्षा चुनौती, समस्या र समाधानका उपायहरुका बारेमा छलफल भईरहेको छ ।

गृह सचिव प्रेमकुमार राईको अध्यक्षतामा भएको गोष्ठीमा तीन नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेल, तीन नम्बर प्रदेशका प्रमुख सचिव रेस्मिराज पाण्डे, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, ससस्त्र प्रहरीका प्रहरी महानिरीक्षक सैलेन्द्र खनाल, तीन नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिब बलदेब जोसी, गृहमन्त्रालयका सहसचिव रामकृष्ण सुवेदी, नेपाली सेनाका उपरथी शरदकुमार गिरीलगायतको सहभागिता रहेको थियो ।

प्रदेश स्तरको सुरक्षा गोष्ठीमा १३ वटा जिल्लाका क्षेत्रीय र प्रदेश स्तरका सुरक्षा निकायमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान र क्षेत्रीय प्रशाशनका प्रमुखहरु समेतको सहभागिता रहेको छ । त्यसैगरी जिल्ला स्तरमा पनि १३ वटै जिल्लाका पमुख जिल्ला अधिकारीहरुसहित चार वटै सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको छ ।