समाजवादको आधार निर्माण गर्न संघर्ष गर्नु नैं नेपाली श्रमिक वर्गको मुख्य कार्यभार : प्रचण्ड

काठमाडौं,१८ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष ‘प्रचण्ड’ले समाजवादको आधार निर्माण गर्न संघर्ष गर्नु नैं नेपाली श्रमिक वर्गको मुख्य कार्यभार भएको बताएका छन् ।
१२९ औं मजदुर दिवसको अवसरमा आज मंगलबार शुभकामना दिँदै उनले भनेका यस्तो बताएका हुन् । प्रचण्डले भने, ‘देश स्थिरता र समृद्धिको बाटोमा अग्रसर रहेको यस सन्दर्भमा सर्वहारावादी कम्युनिष्टहरुको एकता अपरिहार्य आवश्यकता बनेको छ । अग्रगामी कम्युनिष्टहरुबीचको ध्रवीकरणले मात्र मुक्तिकामी श्रमिक वर्गको हक र अधिकारको सुनिश्चितता गर्न सकिन्छ ।’
अध्यक्ष प्रचण्डले संविधानको सफल कार्यान्वयनसहित स्थिरता, समृद्धि र समाजवादी अर्थतन्त्रको विकासका लागि मजदुर वर्गले आगामी दिनमा अग्रदस्ताको भूमिका निर्वाह गर्न सक्ने विश्वास पनि व्यक्त गरे ।
१२९ औं मजदुर दिवसको शुभकामना वक्तव्यको पूर्णपाठः