इस्टर कप इन्टर स्कुल फुटवल प्रतियोगिता हुने


रजहर । वैशाख १७
अभिषेक चर्च देवचुली १६ रजहरको आयोजनामा मंगलबारबाट रजहर स्वास्थ्य चौकी नजिकको खेलमैदानमा इस्टर कप इन्टर स्कुल फुटवल प्रतियोगिता– २०७५ हुने भएको छ ।
आयोजकले प्रतियोगिताको विषयमा सोमबार पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो ।
१२ टिमको सहभागिता रहने यस प्रतियोगितामा पहिलो हुने टिमले ५० हजार, दोस्रो हुनेले २५ हजार र सेमिफाइनलसम्म पुग्ने २ टिमले नगद १०÷१० हजार पाउने अभिषेक चर्च रहजरका सुकलाल तामाङले जानकारी दिए ।
प्रतियोगिता वैशाख २९ गते सम्म चल्नेछ । प्रतियोगितामा नवलपुर, चितवन र काठमाडौंबाट पनि स्कुलहरुको सहभागिता रहने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै चितवन जिल्ला फुटवल संघका अध्यक्ष श्री कृष्ण कार्कीले स्कुल स्तरमा हुने प्रतियोगिताले भोलिका दिनमा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न ठूलो सहयोग पुग्ने बताए ।