लायन्स क्लब अफ रत्ननगरको अध्यक्षमा अनिल अधिकारी

रत्ननगर । चितवनकै दोस्रो पुरानो लायन्स क्लब अफ रत्ननगरको नयाँ अध्यक्षमा अनिल अधिकारी निर्वाचित भएका छन । रत्ननगरमा सम्पन्न क्लबको १९ औ साधारणसभाबाट बर्ष २०१८÷१९ का लागि अधिकारी अध्यक्ष निर्वाचित भएका हुन । रिलेशन एफएम ८८ मेगाहर्जका अध्यक्षसमेत रहेका अधिकारी पुर्वी चितवनमा स्थापित ब्यवसायी तथा समाजसेवी हुन । उनले आफ्नो कार्यकालमा क्लबलाई नयाँ गति दिने प्रतिबद्धता जनाए । सधारणसभाबाट क्लबको प्रथम उपाध्यक्षमा दिपक बाँस्कोटा, द्धितिय उपाध्यक्षमा अतुल खनाल, सचिवमा सुरज श्रेष्ठ र कोषाध्यक्षमा दिनेश थिङ निर्वाचित भएका छन । विभिन्न समाजिक क्रियाकलापमा सक्रिय लायन्स क्लब अफ रत्ननगर चितवन जिल्लाकै दोस्रो पुरानो लायन्स क्लब हो भने पुर्वी चितवनकै पहिलो हो । क्लबले समाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न क्रियाकलाप गर्दै आएको