लागूऔषध सहित दुई चितवन प्रहरीको नियन्त्रणमा ।

चितवन , १५ बैशाख । चितवन प्रहरीले लागु औषध सहित दुई जनालाई शनिबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीको बिशेष टोलीले प्रतिबन्धित लागुऔषध खैरो हिरोइन ४५ ग्राम १५० मिलिग्राम सहित भरतपुर महानगरपालिका वर्डा नम्बर ३ नारायणगढ शहिदचोकको सडक किनारबाट भारत बेतिया बस्ने बर्ष २८ को मन्तोष साहलाई पक्राउ गरिएको हो । उता , ईलाका प्रहरी कार्यालय रामनगरबाट खटिएको प्रहरीको टोलीले भरतपुर महानगरपालिका वडा नं।१ रामनगर स्थित सामुदायिक वन कार्यालय अगाडीबाट प्रतिवन्धित लागु औषध डाईजेपाम ६९ एम्पुल, व्युप्रिनर्फिन ६९ एम्पुल, फेनारगन ६९ एम्पुल र नाईट्राजेपाम ७० ट्यावलेट सहित जिल्ला ललितपुर गोदावरी न।पा।वडा नं।१ घर बताउने कैलाश खड्कालाई नियन्त्रणमा लिइएको छ । लागु औषध सहित फेला परेका दुवैलाई लागुऔषध ९नियन्त्रण ऐन २०३३० अन्तर्गत मुद्दा दर्ता गरी सम्मानित अदालतबाट दिन ५ को म्याद लिई थप अनुसन्धान कार्य भईरहेको चितवन प्रहरीले जनाएको छ ।