कर्मचारीहरु माथि दुर्वव्यवहार गर्ने भरतपुर क्यान्सर अस्पतालका वरिष्ठ नर्सिङ अधिकृत पाठक निलम्बित

चितवन,१४ बैशाख । भरतपुर क्यान्सर अस्पतालका वरिष्ठ नर्सिङ अधिकृत अयोध्या पाठक निलम्बित भएका छन् । अस्पतालका कर्मचारीहरु माथि गालिगलौज र दुर्वव्यावहार गरेको भन्दै उनलाई निलम्बन गरिएको हो ।
अधिकृत पाठकले नर्सिङ विभागमा कार्यारत कर्मचारी र नर्सिङ विभागका प्रमुखको कार्यकक्षमै पसी नर्सिङ प्रमुख र अनिता भुषाल माथि नै हातपात गरेको पीडितबाट उजुरी परेपछि आवश्यक छानबिन र सोधपुछका लागि उनलाई ३ महिना निलम्बन गरिएको अस्पतालले जनाएको छ ।