भरतपुरमा ४ महिला सहित ९ जनाले गरे रक्तदान ।


सामाजिक विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड भरतपुरले बुधबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा ४ महिला सहित ९ जनाले रक्तदान गरेका थिए । कार्यक्रम संस्थाको १० औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको संस्थाका अध्यक्ष एस।एन राउतले बताउनुभयो ।
कार्यक्रममा केन्द्रिय बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रवन्धक यमकला पौडेल प्रमुख अतिथि रहनुभएको थियो । सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले रक्तदान गर्नु भनेको जिवनदान दिनु सरह रहेको उल्लेख गर्नुभयो । हिलवर्ड आवासिय माध्यमिक विद्यालयका प्राचार्य टेक प्रसाद सेढाई विशिष्ठ अतिथि रहनुभएको सो कार्यक्रममा भरतपुर माध्यमिक विद्यालयका अध्यक्ष गणेश कडेल, समग्र विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राम चन्द्र देवकोटा, समग्र विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सचिव टोलनाथ कडेल लगायतले बोल्नुभएको थियो ।
सो कार्यक्रम सामाजिक विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड भरतपुरका अध्यक्ष एस।एन राउतको अध्यक्षतामा सम्पन्न भएको थियो ।