बितेको ९ महिनामा जवरजस्ती करणीका ५५ मुद्धा दर्ता


चितवन ४ बैशाख । पछिल्लो नौ महिनामा जिल्लामा जवरजस्ती करणीका ५५ मुद्धा दर्ता भएका छन् । आर्थिक बर्ष २०७४ असार मसान्तदेखी चैत सम्म जिल्ला प्रहरी कार्यलय चितवनमा जवरजस्ती करणी, अप्राकृतिक मैथुन र जवरजस्ती करणी उद्योगका गरी ५५ मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आर्थिक वर्ष ७२र०७३ मा जवरजस्ती करणीको ३३ र जवरजस्ती करणी उद्योगको २२ गरी जम्मा ५५ मुद्धा दर्ता भएको थियो । यस्तै , आर्थिक वर्ष ०७३र०७४ मा जवरजस्ती करणीको २९, जवरजस्ती करणी उद्योगको २५ र बाल यौन दुराचारको १ गरि ५५ मद्धा दर्ता भएकोमा यस आर्थिक वर्ष ०७४र०७५ को चैत मसान्तसम्म जवरजस्ती करणीको ३४, अप्राकृतिक मैथुनको ४ र जवरजस्ती करणी उद्योगको १८ गरी ५६ मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । प्रहरी नायव उपरीक्षक ढकालले दैनिक १ देखी २ जना जवरजस्ती करणीको घट्ना लिएर कार्यालय आउने गरेको बताउदै यो अर्थिक वर्षमा यो संख्या झनै वृद्धि हुने बताए । ‘जवरजस्ती करणीको घट्ना आफैमा लज्जास्पद् भएपनि घट्ना दर्ता बढ्नुलाई आफुहरुले सहज ढ्गंबाट लिएका छौं, पहिले पहिले जवरजस्ती करणीका घट्नाहरु लुकाउने प्रवृती थियो । तर , अहिले घट्ना लुकाउने कुरामा केहि सुधार भएको देखिएकाले मुद्धा दर्ता संख्या बढेको छ ।”