प्रधानमन्त्रीको भारत भ्रमण पछि दुई देशबीचको सम्बन्ध सुधार्ने प्रचण्ड दाबी

                                                                   फाईल फोटो
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीबाट चैत २३ देखि २५ गतेसम्म हुन लागेको भारत भ्रमण दुई देशबीचको सम्बन्ध सुधार्नका लागि हुन लागेको दाबी गरेका छन् । ६१ औं राष्ट्रिय सहकारी दिवस एवं बखान बहुउद्देश्यीय सहकारीको वार्षिकोत्सव समारोहलाई आज मंगलबार चितवनको शारदानगरमा सम्बोधन गर्न चितवन आएका प्रचण्डले पत्रकारहरुसँगको संक्षिप्त कुराकानीका क्रममा यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा कुनै पनि विषयमा सम्झौता नहुने प्रष्ट पार्दै प्रचण्डले भने, ‘प्रधानमन्त्री ओलीलको भारत भ्रमणका क्रममा कुनै सम्झौता हुँदैन । प्रधानमन्त्रीकोे भारत भ्रमण दुई देशबीचको सम्बन्ध सुधारका लागि मात्रै हो । दुई देशको हितका बारेमा छलफल भएपनि कुनै सम्झौता भने हुने छैन ।’ भारतीय मिडियामा महाकाली सन्धि लगायतको विषयमा पुनरावलोकनको कुरा आएको छ नि भन्ने पत्रकारहरुको जिज्ञासामा पूर्वप्रधानमन्त्री प्रचण्डले त्यस्तो केही नहुने स्पष्ट पारेका थिए ।
प्रधानमन्त्रीको भारत भ्रमण अगाडि पार्टी एकताको घोषणा सम्भव नरहेको दोहो¥याउँदै प्रचण्डले भने , ‘पार्टी एकता संयोजन समितिको प्रतिवेदन आज साँझसम्म आइपुग्छ । त्यसमाथि छलफल गर्न समय लाग्ने भएकोले तत्कालै पार्टी एकता घोषणा गर्न नसकिने बताए ।