कानुन अधिकृत हत्या प्रयास प्रकरण स् अस्पतालकै डाक्टर माथि अनुसन्धान सुरु ।

 

प्रनिश थापा , चितवन १३ चैत । चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कानुन अधिकृत गोकर्ण सापकोटामाथि पेट्रोल छर्केर आगो लगाउने प्रयास भएको घटनामा चितवन प्रहरीले अस्पतालमै कार्यरत डा कृष्ण सुवेदी सहित कर्मचारी अशोक बाबु लम्साल, राजन बस्याल, शोभाकान्त बराल र रमेश पौडेलमाथि अनुसन्धान भइरहेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी प्रभुप्रसाद ढकालका अनुसार पीडित सापकोटाले दिएको निवेदन र हुलियाको आधारमा निजहरू माथि अनुसन्धान भइरहेको जानकारी दिए । चैत ३ गते बिहान नौ बजे अस्पताल नजिकै माछापुच्छ्रे चोकमा कपाल काटेर पैदल मार्फत घर जाने क्रममा सापकोटामाथि हत्याको प्रयास गरेका थिए । क्यान्सर अस्पतालको पछिल्लो गतिविधि कर्मचारी बढुवा, एटेण्डेण्ड नियुक्ति, नयाँ उपकरण खरिदमा घोटला जस्ता विषय समेटिएको कागज विप्लव निकट माओवादीले घटनास्थलमै छाडेका थिए ।