राजनीति गर्ने भए भरतपुर अस्पतालमा जानुहोस : डा.  मरासिनी

 

 चितवन । चितवनको भरतपुर अस्पताल नेतृत्वको कारण धरासायी बन्ने अवस्थामा पुगेको छ । अत्यन्त तीव्र गतिमा विकास भईरहेको भन्दै प्रचार गरिएको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। रुद्र मरासिनी पछिल्लो समय चर्को राजनीति गरिरहेका छन् । उनले केहिदिन अगाडी मात्रै आफ्नो फेसबुक पेजमा पोष्ट गरेको छन् “नो मोर क्रेजी, अस्पतालमा राजनिति, रहर गर्नेहरुलाइ काम गर्नेअवसर” । यहिं पोष्टबाट नै प्रमाणित हुन्छ की उनी कति राजनिती गर्दछन् । पछिल्लो समय कर्मचारी नियुक्तीका विषयमा आफैं बनाएको योजनाको खाड्लमा आफैं परेका छन् । कर्मचारी नियुक्तिको विषयमा राजनीतिक हस्तक्षेप भयो भनेर विभिन्न अन्र्तवार्ता दिईरहेका मेडिकल सुपरिटेन्डेन्ट रुद्र मरासिनी आफैले एकलौटी निर्णय गरेर कडा राजनीति थालेको प्रस्ट भएको छ ।
माओवादी र एमालेको कर्मचारी युनियनहरुको बुई चढेर मेसु वनेका मरासिनीले अधिकाशं निर्णय एकलौटी गरेका छन् ।
अस्पतालका उपकरण खरिद गर्दा चर्को कमिसनको नाममा ९रि फर्मिस०सेकेण्ड ह्याण्ड उपकरण खरिद गरेको आरोप उनलाई लाग्दै आएको छ । करोडौं खर्चेर खरिद गरिएका उपकरणहरु एकवर्ष वितिसम्दा अहिले पनि संचालननमा छैनन् ।